जेन–जी आन्दोलनपीडित इप्रका बनेपालाई बुडोल सामुदायिक साकोसको ९४ हजार बराबर सहयोग

 

बनेपा/ बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले इलाका प्रहरी कार्यालय बनेपालाई कम्प्युटर सेट र प्रिन्टर सहयोग गरेको छ ।

बिज्ञापन

जनताको जीउधनको सुरक्षा प्रदान गर्ने निकायलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग पुगोस भन्ने उद्देश्यले संस्थाले सहयोग उपलब्ध गराएको हो ।

सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्दै जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट प्रभावित इलाका प्रहरी कार्यालय बनेपालाई १ सेट कम्प्युटर र १ वटा प्रिन्टर गरी ९४ हजार बराबरको सहयोग हस्तान्तरण गरेको बुडोल सामुदायिक साकोसका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले जानकारी दिनु भयो ।

संस्थाका अध्यक्ष श्री कैलाश के.सी.को नेतृत्वमा सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको समेत उपस्थितिमा इलाका प्रहरी कार्यालयका प्रतिनिधिलाई सहयोग सामग्री हस्तान्तरण गरिएको थियो ।