पनौती, काभ्रेपलाञ्चोक | सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रेपलाञ्चोक जिल्ला बचत संघले मानव कल्याण समाज सेवा घरलाई नगद तथा आवश्यक सामग्री सहयोग गरेको छ। संघले कुल ६४,५०० (चौंसट्ठी हजार पाँच सय) रुपैयाँ नगदसहित खाद्यान्न र लत्ताकपडा हस्तान्तरण गरेको हो।

बचत संघको अध्यक्षले पाउने सम्पूर्ण बैठक भत्ता नलिएको र  संचालक , लेखा समितिका पदाधिकारीहर, संघको कर्मचारीहरुको स्वछिक आर्थिक सहभागीतामा उक्त रकम जम्मा गरि सहयोग गरिएको हो।

संघका अध्यक्ष उदयराम कायस्थ लगायतका पदाधिकारी र प्रमुख कार्यकारी अधिकृत गुरु ढकालको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा सेवा घरमा आश्रित सडकपीडित, मानसिक रोगी तथा अन्य सेवाग्राहीहरूमाझ सहयोग सामग्री वितरण गरियो।

कार्यक्रममा बोल्दै अध्यक्ष कायस्थले भने, “समाजमा कमजोर र असहाय वर्गप्रति उत्तरदायी हुनु हाम्रो दायित्व हो। मानव कल्याण समाज जस्तो संस्थाको सेवामा हातेमालो गर्न पाउँदा हामी गौरवान्वित छौं।”

प्रमुख कार्यकारी अधिकृत ढकालले पनि सामाजिक संस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त साथ दिने जनाए।

मानव कल्याण समाज, लामो समयदेखि मानसिक रोगी, सडक मानव तथा बेवारिसे अवस्थाका नागरिकहरूको सेवामा समर्पित संस्था हो। संस्थाले सहयोगप्रति आभार प्रकट गर्दै यसले आफ्नो सेवाकार्यमा थप ऊर्जा दिएको जनाएको छ। उक्त कार्यक्रममा काभ्रेपलान्चोक जिल्ला बचत संघका पदाधिकारी सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly