
सिन्धुपाल्चोक जिल्ला घर भई हाल काठमाण्डौ मुलपानी बस्ने मिङ्मार तामाङ एयरर्पोट गेट देखि मुलपानी हाउजिङ सम्म जाने क्रममा नम्बर नखुलेको भाडाकारमा बिदेशी मुद्रा, महत्वपुर्ण कागजपत्र Idcard, मोबाइल फोन, Air -pods, सहितको लेडिज छालाको ब्याग छुटेको भनी उपत्यका ट्राफिक कार्यालयमा निवेदन दिएको आधारमा ट्राफिक प्रहरीले खोजतलास गर्ने क्रममा भेटिएको उक्त ब्याग हस्तान्तरण भएको छ ।

उपत्यका ट्राफिक कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार मिङ्मार तामाङले दिनु भएको लिखित निबेदन आधारमा खोजतलास गर्दा सि.सि.टि.भी. को सहायतावाट बाग्मती प्रदेश-०१-००२ज ८१३१ नम्बरको भाडाकार खुल्न आए अनुसार तक्काल भाडाकार खोजतलास गरी भाडाकार चालकबाट उक्त सामान सहितको ब्याँग फेलापारी ब्यागमा रहेको बिदेशी मुद्रा US dollar, Id-card, सामसुङ कम्पनी को मोबाइल-१ थान, Air-pods, अन्य सामान सहितको लेडिज ब्याग निबेदन अनुसार को सामान फेला पारी सम्बन्धित धनिलाई मिति २०८२।०९।०७ गते यस काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा हस्तान्तरण गरिएको छ ।





