मध्यपुर ठिमी, मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन ई स्कुलले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाइ सहित बिदाइ गर्दै नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेतालाई सममान गरेको छ ।
कला–संस्कृतिको संरक्षण, पठनपाठन तथा अतिरिक्त क्रियाकलापको क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विनायक शिक्षा निकेतन ई स्कुल मध्यपुर ठिमीले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा बधाई–विदाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको हो ।
मध्यपुर थिमि नगरपालिकाका उप मेयर विजयकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्षको ज्ञानदास प्रजापति, मध्यपुर ठिमी शाखा शिक्षा प्रमुख ज्ञानेन्द्र भट्ट, हिसान भक्तपुरका अध्यक्ष अनिल कसपाल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु रुकेश प्रजापति, सन्तकुमार प्रजापति, विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौला लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नगर उप प्रमुख विजयकृष्ण श्रेष्ठले आजका विद्यार्थी भोलिका देशका कर्णधार भएकाले देशभक्त र राष्ट्रप्रेमी बन्नुपर्ने धारणा राखे । उप प्रमुख श्रेष्ठले आफ्नो श्रम र सीप आफ्नै देशमा खर्चने सोच लिएर अगाडि बढ्न विद्यार्थीलाई सुझाव दिए ।
यस्तै नगरका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्टले विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका क्षेत्रमा दिएको योगदानको प्रशंसा गर्दै अझ अगाडि बढ्न सुझाव सहित शुभकामना दिए । कार्यक्रममा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो सहित विदाई गरिएको थियो । साथै नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक र कास्य पदक प्राप्त गर्ने विनायकका विद्यार्थीहरु जेनिशा थापा, प्रकृती थापा मगर, सुमन तामाङलाई नगद १५ हजार पुरस्कार सहित सम्मान गरिएको थियो । यस्तै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण तथा रजत पदक प्राप्त गर्ने विद्यार्थीहरुलाई समेत मायाको चिनो सहित सम्मान गरिएको थियो ।
त्यस्तै प्लस टु मा सर्वोत्कृष्ट ल्याउने छात्रा रितिका श्रेष्ठलाई तुइलमाया–तुइकाजी प्रतिभा पुरस्कारद्वारा सम्मानित गरिएको थियो भन विद्यालयकी विद्यार्थी रहेकी गायिका इन्द्रकला राईलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कार्यक्रमको उद्देश्य तथा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले शिक्षा चेतना प्रवाह गर्ने साधन र माध्यम भएकाले पठन पाठनका माध्यमका साथसाथै अतिरिक्त क्रियाकलापका क्षेत्रमा विद्यालयले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गर्न सकेको र शैक्षिक क्षेत्रमा आफ्नो विशिष्ट पहिचान राखिसकेको जानकारी दिए ।
विद्यालयका प्लस टु संयोजक तुलसीहरि प्रजापतिले संचालन गरेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश राम लाछीको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..