भक्तपुर । आठौं भक्तपुर महोत्सवले क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग गरेको छ । भक्तपुर गएको चैत २२ गतेदेखि यहिँ बैशाख २ गतेसम्म महोत्सव संचालन गरेको आयोजक औद्योगीक शान्ति नेपाल संस्थाले क्यान्सर पीडित बालिका समिला लावतीलाई नगद रु. एक लाख सहयोग गरेको हो ।
संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार हाल भारतको नयाँ दिल्लीमा उपचार गराईरहेकी बालिकाको खातामा उक्त रकम पठाईएको छ ।
हामीले सधै महोत्सवबाट उठेको रकमको केही प्रतिशत सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छौं, त्यो अनुसार बिरामी नानीलाई सहयोग गरेका हौं, महतले भने ।
बालिकालाई सहोग गर्न चाहानेले समिला लावती एभरेष्ट बैंकको खाता नं.०१२१०५०१२०००१२ मा रकम पठाउन सक्नु हुनेछ ।
औद्योगीक शान्ति नेपालले हाल चन्द्रगिरी नगरपालिकाको नैकापमा महोत्सव संचालन गरिहेको छ । अध्यक्ष महतका अनुसार उक्त महोत्सव बैशाख १९ गते सम्म संचालन हुनेछ । जहाँ दैनिक चर्चित गायक गायिका तथा अन्य कलाकारहरुको बेजोड प्रस्तुति भईहरको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..