गुणस्तर, आधुनिकता र विश्वासको पर्याय बन्दै बनेपा मार्बल प्यालेस

 

काभ्रेपलाञ्चोकको बनेपामा सञ्चालित बनेपा मार्बल प्यालेस पछिल्लो समय घर निर्माण, सजावट तथा इन्टेरियर सामग्री खरिद गर्ने ग्राहकहरूको पहिलो रोजाइ बन्दै गएको छ। गुणस्तरीय सामग्री, उचित मूल्य, आधुनिक डिजाइन र ग्राहकमैत्री सेवाका कारण बनेपा मार्बल प्यालेसले छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको हो।

बिज्ञापन

बनेपाको उग्रचण्डी पेट्रोल पम्प पछाडि अवस्थित बनेपा मार्बल प्यालेसमा विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डका टायल्स, मार्बल, ग्रेनाइट, सेनेटरीवेयर, बाथरुम फिटिङ्स तथा घर सजावटका सामग्रीहरू एउटै छानामुनि उपलब्ध छन्। हालै भारतको अग्रणी टायल्स कम्पनी Kajaria को अत्याधुनिक शोरुमसमेत यही परिसरमा सञ्चालनमा आएसँगै ग्राहकहरूको आकर्षण अझ बढेको छ।

व्यवस्थापक सन्दीप अग्रवालका अनुसार, ग्राहकलाई गुणस्तरीय सामग्री, उचित मूल्य र उत्कृष्ट सेवा उपलब्ध गराउने उद्देश्यका साथ व्यवसाय सञ्चालन गरिएको हो। “घर निर्माणका लागि आवश्यक अधिकांश सामग्री एकै स्थानमा उपलब्ध गराउँदा ग्राहकको समय र खर्च दुवै बचत हुने गरेको छ। यही कारणले बनेपा मात्र होइन, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, काठमाडौंलगायत विभिन्न जिल्लाबाट ग्राहकहरू आउने क्रम बढिरहेको छ,” उनले बताए।

उनका अनुसार बजारको मागअनुसार आधुनिक तथा आकर्षक डिजाइनका नयाँ–नयाँ सामग्री निरन्तर भित्र्याइँदै आएको छ। ग्राहकको आवश्यकता र रुचिलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गरिएकाले विश्वाससमेत बढ्दै गएको उनले बताए।

निर्माण तथा गृह सजावटका सामग्री खरिद गर्दा धेरै पसल धाउनुपर्ने झन्झटलाई अन्त्य गर्दै “सबै सामग्री, एकै ठाउँमा” भन्ने अवधारणालाई व्यवहारमा उतारेको बनेपा मार्बल प्यालेसले ग्राहकमाझ विश्वासिलो गन्तव्यको छवि बनाएको छ।

गुणस्तरीय उत्पादन, आधुनिक सोच, व्यावसायिक सेवा र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै अघि बढिरहेको बनेपा मार्बल प्यालेस पछिल्लो समय काभ्रे जिल्लामात्र होइन, समग्र बागमती प्रदेशकै निर्माण सामग्री व्यवसायको क्षेत्रमा चर्चित नामका रूपमा स्थापित हुँदै गएको छ।