काभ्रेपलान्चोक – बागमती प्रदेश उद्योग परिसंघको आयोजनामा दुई दिने सीप महोत्सव सम्पन्न भएको छ। शुक्रबार हेटौंडा-४ स्थित रोयल पार्टी प्यालेसमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा समारोह सम्पन्न हो । सीप महोत्सवमा प्रतियोगितात्मक सीप प्रदर्शनको समेत आयोजना गरिएको थियो ।

प्रतियोगितामा सूचना प्रबिधितर्फ काठमाडौंको बुढानिलकण्ठ माध्यमिक विद्यालयका विकास भण्डारी, अटोमोबाइल इन्जिनियरिङतर्फ काभ्रेको पनौती प्राविधिक शिक्षालयका धनबहादुर तामाङ र होटल म्यानेजमेन्टतर्फ चितवनको बछौली माध्यमिक विद्यालयकी विपिका थापा मगर प्रथम हुनुभयो । तीनै विधामा प्रथम हुनेलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

समापन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बहादुर सिंह लामाले उद्योग नभई रोजगारी सिर्जना नहुने बताउनुभयो । रोजगारीसँगै राम्रो आम्दानीका लागि सीप विकास गर्न जरुरी रहेको मुख्यमन्त्री तामाङको भनाई थियो । समापन समारोहमा उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीको पनि आतिथ्य रहेको थियो ।

पनौती प्राविधिक शिक्षालयमा डिप्लोमा र प्रि-डिप्लोमा अटोमोबाईल इन्जिनियरिङ कार्यक्रममा छात्रवृत्ति सहित छिटै भर्ना खुल्ने पनौती प्राविधिक शिक्षालयले जानकारी दिइएको छ। यहाँ एसईई अनुत्तीर्ण विद्यार्थीहरुले समेत अध्यनको अवसर प्राप्त गर्न सक्ने शिक्षालय प्रमुख जेन्दी बादेले बताए ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly