काभ्रेपलाञ्चोक, मोफसलमा रहेर पनी नेपाली सुगम संगीतको रचनाका साथै चलचित्रमा नायकको भुमिकामा सक्रिय रुपमा लागी परेका छन । विनोद श्रेष्ठ । मानिस एक काम अनेक भने जस्तै विभिन्न क्षेत्रमा काम गरेर सफलताको शिखर चढ्दै गरेका व्यक्ति हुन नायक तथा गीतकार विनोद श्रेष्ठ । बालबालिकाको लागि बनेको गीति एल्बम ‘इन्द्रेणी’ , ‘सिमाना नहोस‘ ‘म पर्खिरहन्छु’ गीतकार विनोद श्रेष्ठले यति मात्र होइन , राष्ट्रिय गीत ‘माया मेरो हिमालको हिउँ रसाउँछ’ देखि लिएर मानव अधिकारका गीत र विराटनगरस्थित ह्यारिसन होटलको विज्ञापनसम्मको गीतमा मोडलिङ गर्न छुटाएनन ‘म पर्खिरहन्छु’ नामक ठूलो पर्दाको नेपाली कथानक चलचित्रका रहेका पाँच वटा गीतमा शीर्ष गीतदेखि लिएर चार वटा गीत सिर्जना गरेका छन् । उनका अहिलेसम्म एक दर्जन गीत रेकर्डिङ भैसकेका छन् । उनै गीतकार तथा नायक विनोद श्रेष्ठसगँ नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले गरेको कुराकानी ।      

तपाईको कलाकारिता यात्रा कस्तो भैरहेको छ ?
लकडाउन पछिको समयमा मेरो कलाकारिता यात्रामा थप नयाँ सोचका साथ अगाडि बढेको छ । लकडाउनमा भएको उकुसमुकुस बाट फराकिलो सोचका साथ सांगीतिक क्षेत्रमा आउनको लागी थप गृहकार्य गरेर थप परिस्कृत ढंगबाट यात्रा पुन शुरु गरेको छु । म अभिनित चलचित्र ‘म पर्खिरहन्छु’ लाई आम दर्शक तथा स्रोता माझमा पुयाउनको लागी लागी परेको छु ।

कलाकारिता क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
सानै उमेर देखी कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण शुरुको अवस्थामा आफनो रुची पुरा गर्नको लागी कलाकारितामा हानिए । कलाकारिताको नशाको कारणबाट गीत संगीतमा नै सक्रिय रुपमा रहेको छु । जसको माध्यमबाट सफलता पनि मिलेको छ । सर्वप्रथम २०५५ सालमा काठमाडौंको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको मञ्चमा नृत्य प्रदर्शन गरेको थिए । यसपछि मैले चलचित्र ‘गोठालो’ को ‘आँखाभित्र बस मायालु भाकाको गीतमा नायक श्रीकृष्ठ श्रेष्ठ र अर्को गीतमा नायक सरोज खनालसँग नृत्य गर्न पाएका थिए । सो चलचित्रका नायकद्वय सरोज खनाल, श्रीकृष्ण श्रेष्ठ ले पनी अभिनय गर्नूभएको छ । यसपछि लगत्तै राजेश हमाल अभिनित चलचित्र ‘छोरी बुहारी’ को लोकप्रिय गीत ‘के साइनोले बोलाउँ तिमीलाई’ मा राजेश हमालसँगै अभिनय गर्न पाएको थिए । गोठालोबाट ठूलो चलचित्रमा ‘डेब्यू’ गरेको थिए । सानोतिनो मुख देखाउने भूमिका पाएपछि मैले मुख्य पात्र भएर १० मिनेटको लघु चलचित्र ‘आमा’, ५ मिनेटको ‘बाबा’ र आधा घण्टा समयको ‘स्वीकार’ लघु चलचित्रमा अभिनय गरे ।यसरी मेरो बाल्यकालको सपनालाई साकार गर्दै कलाकारिता क्षेत्रमा प्रवेश गरे ।

त्यस्ता तीन वटा काम जुन गर्दा आफुलाई खुशीको महसुस हुन्छ ?
गीत रचना , अभिनय ,र साथी भाई हरु सगँ नयाँ नयाँ ठाउँ घुम्न घाम गर्न पाउँदा असाध्यै खुशी लाग्छ ।

चलचित्र‘म पर्खिरहन्छु’ मा कस्को संगीत र स्वर रहेको छ ?
चलचित्र ‘म पर्खिरहन्छु’मा प्रसिद्ध संगीतकार भूपेन्द्र रायमाझी र नषराज घिमिरेले संगीत रहेको छ भने वरिष्ठ चर्चित गायक रामा मण्डल, मनिषा पोखरेलको ले स्वर रहेको छ ।

तपाईको आउदै गरेको चलचित्र‘म पर्खिरहन्छु’ मा तपाई कस्तो किसिमको भुमिका रहेको छ ?
चलचित्र ‘म पर्खिरहन्छु’ विशुद्ध रुपमा सामाजिक परिवेशलाई आधार गरेर निमार्ण गरिएको छ । जुन चलचित्रमा प्रेमील जोडि विचको प्रेम प्रसङगलाई समेटिएको छ । छिट्टै मौलिक पन बोकेको छ । एउटा जिवनको भोगाईलाई बास्तविक रुपमा चित्रण गरेको छ । एउटा असल प्रेमीको मायामा रहेको प्रेमी मलाई चलचित्रमा देख्न सक्नुहुने छ ।

नेपाली कथानक चलचित्रमा ‘म पर्खिरहन्छु’ कसरी जोडिनुभयो ?
गायक सुमित खड्काले गाएको राष्ट्रिय गीत ‘माया मेरो हिमालको हिउँ रसाउँछ’ देखि लिएर मानव अधिकारका गीत र विराटनगरस्थित ह्यारिसन होटलको विज्ञापनसम्मको गीतमा मोडलिङ गरेको थिए । नेपाली र मैथिली चलचित्र निर्देशन गरिसकेका सन्तोष सरकारको अनुरोधमा ठूलो पर्दाको नेपाली कथानक चलचित्र ‘म पर्खिरहन्छु’ मा नायकको मात्र जिम्मेवारी दिएनन् शीर्ष गीतसहित चार वटा गीत लेख्न पनि अभिभारा मैले पाए । अग्रजको साथ र आम दर्शक तथा स्रोताको माया र स्नेहको कारणले चलचित्रमा जोडिन पाए ।

तपाईले नेपाली कलाकारितालाई कुन रुपमा देख्नु हुन्छ ?
नेपाली कलाकारिता क्षेत्रलाई थप व्यवस्थित गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन तथा यस क्षेत्रामा लाग्ने सर्जक सष्ट्रा हरुलाई हौसला प्रदान गर्दै आगामी दिनमा नेपाली कलाकारिताको क्षेत्र लाई अगाडि बढाएर अगाडि बढेको खण्डमा नेपाली कलाकार ले पनी फरक किसिमको फड्को मा¥थीयो की ?हामीले चलचित्र साथै गीत संगीतलाई आम दर्शक तथा स्रोता माझमा पुयाइरहदा चलचित्र र गीत संगीतले समाजलाई परिवर्तन र सामाजिक परिवेशलाई अझ सम्वेदनशिल रुपमा बुझेर सन्देशमुलक र परिवर्तनकारी चलचित्र बनाउनुपर्छ जस्तो लाग्छ ।

नव कलाकार एवम अग्रज हरुमा चै कस्ता कुरामा ज्ञान हुनुपर्छ जस्तो लाग्छ ?
सकारात्मक सोच र कलाकारिता प्रतिको मोहलाई जिवन्तता दिदै नेपाली मौलिक पनको आभाष दिने किसिमको कलाकारहरुले आफनो सिर्जना प्रस्तुत गर्नुपर्छ । दिगो र दिर्धकालिन सोचको साथ कलाकारितामा आएको खण्डमा कलाकारतालाई स्वच्छ र परिकृत ढंगबाट अगाडि बढाउन सकिन्छ । हामीले हाम्रो कला सस्कृतिलाई संरक्षण गदैँ विश्व परिवेश र भुगोल अनुरुपको संगीतको विकाशमा जोड दिनुपर्छ ।

तपाईको अभिनय तथा रचना गरिएको सर्वाधिक दर्शकको मनमा बस्न सफल गीत कुन कुन हुन ?
बालबालिकाको लागि बनेको गीति एल्बम ‘इन्द्रेणी’, चलचित्र‘म पर्खिरहन्छु’ लगायतका गीतमा रहेको मेरो शब्द तथा अभिनयलाई लाई आम भगवान रुपी दर्शक तथा स्रोताले अधिक मन पराई दिनुभयो जस्को कारणबाट मैले काठमाण्डौंमा आयोजना गरिएको नेशनल इन्टरटेन्मेन्ट अवार्डमा सर्वोकृष्ट चलचित्र नायक पनी जित्न सफल भए ।

कलाकारितामा लागि रहंदा घर परिवार को सहयोग कस्तो छ ?
मैले सोचेको भन्दा पनि फरक र उहाँ हरुको माया र ममता को साथमा यो क्षेत्रमा लागिरहेछु । परिवारको साथ र सहयोगको कारणबाट नै सक्रिय रुपमा १५ बर्ष देखी अभिनय तथा गीत लेखनको कार्यमा सक्रिय रहेको छु ।

आगामी समयमा तपाईको कलाकारिता प्रति योजना के रहेको छ 
आगामी समयमा रजतपटको क्षेत्रमा फरक ढंगआफनो कलालाई प्रस्तुत गर्ने तयारीमा रहेको छु । जसको लागी मैले बर्तमान समयमा विभिन्न तयारीहरु गरिरहेको छु । साथै नेपाली सुगम गीतका भिडियोका साथै पप आधुनिक गीतमा पनी आफनो अभिनय कलाको माध्यमबाट थप प्रभावकारी काम गर्ने र फरक धारबाट अगाडि बढने योजना रहेको छ । साथै गीत संगीतको पक्षमा पनी फरक ढंगबाट नेपाली सुगम संगीतलाई अगाडि ल्याउने छु ।

जिवनको कुनै अविश्स्मणिय क्षण केही छन की ?
मेरो अभिनय कला खारिएको निर्देशकको आँखामा परेपछि मलाई ठूलो पर्दाको चलचित्रमा नायकको भूमिका अभिनय गर्ने अनुरोध आयो । सपनामा नायक हुन्छु भनेर सोचे पनि विपनामा हुन पाउनेमा उनलाई कताकता शंका नै थियो । एक्कासी पाएको अवसरलाई किन गुमाउने भनेर उनले नायक बन्न स्वीकार गरे । नेपाली कथानक चलचित्र ‘म पर्खिरहन्छु’बाट आएको प्रस्तावलाई जिवनको सबैभन्दा ठुलो अवसरको रुपमा लिएको छु ।

चलचित्रलाई बजारमा ल्याउने तयारीमा रहेको जानकारी गराउनुभयो चलचित्र कहाँ सुटिङ गर्नुभयो ?
चलचित्रको छायाङ्कन काठमाण्डौं , धरान र इटहरी, विरानगरका साथै धेरैजसो प्रदेश १ मा नै गरिएको छ । कोशि भिजन प्रालीको ब्यानरमा निमार्ण गरिएको चलचित्रलाई अधिकाश पुर्वका रमणिय स्थानहरुमा छायाँकन गरिएको छ ।

चलचित्रलाई कहिले हलहरुमा ल्याउदै हुनुहुन्छ ?
विश्वव्यापी कोरोना महामारीको अवस्थालाई हेरेर हामीले अबको केही समयमा नै चलचित्रको प्रद्धर्शन मिती तोक्ने तयारीमा रहेका छौ । आशा गरौ अव छिटटै चलचित्रलाई आम भगवान रुपी दर्शक तथा स्रोताले छिटटै हेर्न पाउनुहुने छ ।

अन्तमा तपाईका शुभचिन्तकहरुलाई के भन्न चाहनु हुन्छ ?
नेपाली कलाकारितमा गरिरहेको छु । हजुरहरुकै मायाले म टिकेको छु र साथ सपोर्ट, सल्लाह सुझाव पनि दिनु होला । मेरा गीत संगीत र चलचित्र मा रहेका गीत संगीतलहरुलाई माया गरिदिनु होला यही भन्न चाहन्छु । साथै हजुर क्रियाशिल मिडियालाई मेरो मनमा रहेका कुराहरुलाई आम पाठक समक्ष पुयाउनको लागी समय दिनुभएको मा आभारी रहेको छु ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..