काभ्रेपलान्चोक – नाईटिङ्गगेल एकेडेमीले शुक्रबार बडा दशैं शुभकामना कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा नाईटिङ्गगेल एकेडेमीको प्रिन्सिपल उमा बस्नेत शुभकामना मन्तब्य राख्नु भएको थियो ।

प्रिन्सिपल बस्नेतले विद्यार्थीलाई परिवारहरु संग बसेर सभ्य भई चाडपर्व मनाउन र आफ्नो परिवारका सदस्यहरुलाई सकेको सहयोग गरेर मनाउन अनुरोध गर्नु भएको थियो ।

विद्यार्थीहरुलाई नाईटिङ्गेल एकेडेमीले व्यावहारिक शिक्षा प्रदान गर्दै आइरहेको छ । जस अनुसार शुक्रबार नेपालीहरुको महान पर्व बिजया दशमी शुभ दिपावलीको अवसरमा शुभकामना कार्यक्रममा विद्यार्थी भाइबहिनीहरु लाई टीका जमरा लगायर कार्यक्रम भव्य रुपमा मनाएको छ ।

कार्यक्रममा आफ्नो संस्कृति झल्कने विभिन्न सांस्कृतिक नृत्य, गायन प्रस्तुत गरेका थिए भने सम्पूर्ण तहमा अध्ययनरत विद्यार्थीहरुलाई कक्षा शिक्षकहरुले टिका, जमरा, उपहार प्रदान गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..