बनेपा– प्रेस चौतारी नेपाल काभ्रे शाखाको आठौं अधिवेशनबाट केदार तिमल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

आज बनेपामा सम्पन्न अधिवेशनले १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा सन्तोष चौलागाईं, महिला उपाध्यक्षमा सविता न्यौपाने सचिवमा विकास तिमल्सिना, सहसचिवमा रञ्जित बोहरा सहसचिव समावेशीमा बुद्धकुमार श्रेष्ठ (रोहित) र कोषाध्यक्षमा मणिराम दाहाल निर्वाचित भए ।

सदस्यहरूमा अमिता शाही ठकुरी,बालकृष्ण बजगाई, नवराज ढकाल (घायल योद्धा), लोकवहादुर थापा, अमित न्यौपाने, सिर्जना सापकोटा, प्रदीप भण्डारी र जयराज बजगाईं निर्वाचित भए ।

अधिवेशनको उद्घाटन एमाले पोलिटव्युरो सदस्य, पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले गरेका थिए । अध्यक्ष भुवन रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, प्रेस चौतारीका नेता विश्वमणी सुवेदी, प्रेस चौतारीका केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज बिष्णु तारुके,  केन्द्रीय सदस्य एवं पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाईं, एमाले जिल्ला कमिटी सदस्य एवं चौतारी इन्चार्ज श्याम सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रामप्रसाद ढकालले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कारबाट भुवन रायमाझी र टिपी शर्मा युवा पत्रकारिता पुरस्कारबाट जगतमान बललाई पुरस्कृत गरियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेको निर्वाचित कार्यसमिती र अन्य समितिमा निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई ज्ञापन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly