काठमाडौं: कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पुर्याएको अतुलनिय योगदानको कदर स्वरुप यस वर्षा पनि नौं जना अभिनेत्रीहरु लाई ‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान-२०७९’ बाट सम्मान गरिने भएको छ।

रेजिना इन्टरटेनमेन्ट प्राली र शहीद फिल्मस प्रालीले संयुक्त रुपमा आयोजना गर्दै आएको सम्मान कार्यक्रममा यस बर्ष असोज १० गते सोमबार घटस्थापनाको दिन चलचित्र बिकाश बोर्डको प्रेक्षालयमा अभिनेत्रीहरु भारती घिमिरे, झरना थापा, स्वेता खड्का, ऋचा शर्मा, मेनका प्रधान, प्रियंका कार्की, पुजा शर्मा, शिल्पा पोखरेल र सुहाना थापालाइ सम्मानित गरिने जानकारी शहीद फिल्मस प्रालीकि अध्यक्ष बिमला केसीले गराएकी छिन।

त्यसैगरी बर्षै पिछे गरिदै आएको सम्मान कार्यक्रममा सम्मानित हुने ९ जना अभिनेत्रीहरुले अभिनय गरेका ९ वटा गित बाट नै सांस्कृतिक प्रस्तुतिहरु समेत रहने भएको छ भने उक्त नृत्यको तयारी नृत्य निर्देशक नरेश वीर सिंहले गरिरहेको रेजिना इन्टरटेनमेन्ट प्रालीकि अध्यक्ष बरिष्ठ अभिनेत्री रेजिना उप्रेतीले जानकारी गराएकी छिन। अघिल्लो बर्ष नवदुर्गा सम्मानबाट अभिनेत्रीहरुमा चैत्य देवी, शर्मिला मल्ल, लक्ष्मी गिरी, मौसमी मल्ल, नीता ढुंगाना, केकी अधिकारी, सुरक्षा पन्त, साम्राज्ञीराज्यलक्ष्मी शाह र उपासनासिंह ठकुरी सम्मानित गरिएको जानकारी समेत अभिनेत्री रेजिना उप्रेतीले गराईन।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..