राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकद्वारा राजीनामाको घोषणा

|| बिहिबार, साउन १४, २०७८
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकद्वारा राजीनामाको घोषणा
 नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् । उनले आफ्नो सामाजिक संजालमार्फत राजीनामाको घोषणा गरेका हुन् ।

उनले एन्फाका बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले पछिल्लो तीन साता देखि असहयोग गरिरहेको र त्यसका कारण आफूले फुटबल टिम छोड्ने निर्णय गरेको भन्दै फुटबल समर्थकलाई जानकारी गराएका छन् ।

कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पदक सम्हालेका थिए । उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्व कप र एसिया कपका ३ गरि कुल ४ खेल खेलेको थियो । उनको नेतृत्वमा टोलीले सुधारिएको प्रदर्शन गरेपछि चौतर्फी प्रशंसा पाएका थिए ।

बिज्ञापन

एन्फाले उनको सम्झौता अवधि थप्नका लागि कतार फुटबल संघलाई पत्रचार गरिरहेकै अवस्थामा अलमुताइरीले राजीनाको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up