काभ्रेपलान्चोक – लायन्स क्लव ३२५ वि १ अन्तर्गतकाे प्रसन्न सेफ क्लव,ग्लाेवाल नेपालिज सेफ फेडेरेसन,अाई एच एम कलेज ,आई एम विथ सेफकाे संयुक्त आयाेजनामा हरितालिका तिजकाे अवसरमा सातदोबाटोकाे आई एच एम कलेजमा महिला सेफहरूकाे लागि दर खुवाउने कार्यक्रम गरियकाे थियो ।

लायन्स प्रसन्न सेफ क्लवका वर्ष २०२१/२२ का अध्यक्ष माेहन गजुरेलकाे सभापतित्वमा भयकाे कार्यक्रममा डिष्ट्रिक चिफ एडभाईजर पार्वती खरेल पाण्डे प्रमुख अतिथि,क्लष्टर चिप जस्मिन प्रधान विशेष अतिथि,रिजन चेयर पर्सन गीता शर्मा चापागाईं,जाेन १०० चेयर पर्सन सानुमाया भाेलन,प्रभु आरटि प्रथम उपाध्यक्ष पुजा गुरूङ ,ग्लाेवाल नेपालिज सेफ फेडेरेसन सचिव प्रेमलाल तामाङ लगाएतकाे उपस्थितिमा भव्य रूपमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रम गर्नुकाे मुख्य उदेश्य नेपाली खानाकाे प्रवर्द्धन गर्ने र ती घरमा मिठाे खाना वनाउने आमा तथा ती नारि घरका मात्र भान्से हैनन हाेटल तथा रेष्टुरेन्टमा खाना वनाई सेवा दिन सक्छन उनिहरूलाई पनि अगाडि वढाउनकाे लागि याे कार्यक्रमको आयाेजना गरिएकाे आई एम विथ सेफका सिईअाे सुराच प्रसाईले जानकारि दिनु भयाे ।दर कार्यक्रममा नेपाली परिकार ढकनि,चुकौनी,मिसमास अचार लगायतका खाना वरिष्ठ सेफ तथा लायन लिडर पशुपति पौडेलले केराकाे पातमाथि पश्केर दिदिबहिनी लाई खुवाउनु भयकाे थियाे ।कार्यक्रम प्रसन्न सेफ क्लवका प्रथम उपाध्यक्ष विकास डंगोलले संचालन गर्नु भयकाे थियाे ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..