नेपाल चलचित्र कलाकार संघको संयोजनमा फिल्मकर्मीले कोरोना बिरुद्धको खोप लगाएका छन् । नेपाल सरकारले उपलब्ध गराएको भेरोसेल खोप आइतबार बिहानैबाट कलाकारले लगाएका हुन् । अभिनेता भुवन केसी, पल शाह, पुष्प खड्का, धिरेन शाक्य, दुर्गेश थापा, लगायत १५२६ जना कलाकारले खोप लगाएको कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताउनुभयो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी निरौलाले कोभिडविरुद्धको खोप महत्वपूर्ण भएको बताउनु भयो । उहाँले यस कार्यक्रमले आमजनतामा सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.खगेश्वर गेलालले उक्त जिल्लामा दुई लाख ९२ हजार नागरिकलाई पहिलो तथा दुई लाख १० हजारलाई दोस्रो खोप लगाइएको अभिलेख प्रस्तुत गर्नुभयो ।

ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याल, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल,खोप शाखाका प्रमुख झलक गौतम, निर्देशक अनिल थापा लगायत सहभागिता रहेको कार्यक्रममा खोपसम्बन्धी प्रचार-प्रसार गर्नुभएको थियो ।

सङ्घका अध्यक्ष रवीन्द्र खड्काले महामारीको समयमा सबै नागरिकलाई सरकारले खोपको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । वरिष्ठ कलाकार तथा संघका उपाध्यक्ष र प्रवक्ता मोहन निरौलाले कलाकार संघले विभिन्न समयमा गरेको सामाजिक कार्यको उदाहरण प्रस्तुत गर्नु भयो ।

चलचित्र संघले प्रवन्ध गरेको छ भने चलचित्र निर्माता संघ, चलचित्र प्राविधिक संघ, चलचित्र निर्देशक समाज, चलचित्र नृत्य संघ, चलचित्र द्वन्द कलाकार संघ, नृत्य निर्देशक संघ नेपाल, नेपाल सांगीतिक संघ, आदिवासी जनजाति चलचित्रकर्मी महासंघ आदि संस्थाहरुको सहभागिता थियो । कोरोनाविरुद्धको खोप लगाएपछि फिल्म क्षेत्र पुरानो लयमा फर्किनेमा कलाकार संघले बिश्वास लिएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..