काभ्रेपलान्चोक – पेाष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालय विदुर नुवाकाेटमा छाेटाे अवधिका सीपमूलक तालिम कार्यक्रमहरू सुरू भएका छन् ।

विदुर नगरपालिका नगर प्रमुख राजन श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा नगर उप-प्रमुख प्रभा बोगटी विशेष अतिथि रहनु भएकाे थियाे । शिक्षालयका प्रमुख कपिल पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन प्रशिक्षक प्रकाश रैलाले गर्नु भएकाे थियाे ।
कार्यक्रममा उपस्थित रहनु भएका अतिथिहरू तथा तालिमका सहभागिहरू लाई स्वागत गर्दै तालिम र यसकाे महत्त्व काे वारेमा हाेटल व्यवस्थापनका प्रशिक्षक माेहन गजुरेलले प्रकाश पार्नु भएकाे थियाे ।

हाल संचान मा रहने तालिम जनरल कुक मा २० जना सहभागी र वारिस्ता ( कफि मेकर ) ४० जना ले तालिम ६५ दिन ३९० घण्टा तालिम लिने छन ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले यस विदुर नगरपालिका भित्र धेरै ठुला साना हाेटल ,रेष्टुरेन्ट तथा क्याफे खुल्दै गरेकोले राेजगारिकाे अवसर पनि यहि भएकाे दावि गर्नु भयाे ।

करि ६०० जना जति आवादेक वाट छनौट गरि तालिममा ६० जना सहभागी गराईएकाे र सहभागिहरूले भरेकाे फारममा भएकाे आम्दानी ,जातिए,लैङ्गकि ,शिक्षा,तालिम प्रतिकाे सकारात्मक साेच आदि लाई आधार मानेर प्रशिक्षार्थी छनौट गरिएको शिक्षालयका प्रमुख कपिल पाण्डेले जानकारी गराउनु भयाे ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..