“ग्राहकसँग संकटमा साथ—सिटिजन लाइफको ६ लाख हस्तान्तरण”

 

बनेपा । जीवनको अप्रत्याशित क्षणमा दुर्घटनाले अन्धकार छोप्छ, तर त्यही घडीमा साथ दिने सहयोग हातले फेरि बाँच्ने हौसला जगाउँछ। यस्तै एक उदाहरण बनेका छन् बेथानचोक गाउँपालिका–४ स्थायी घर भई हाल धुलिखेल नगरपालिका–६ मा बसोबास गर्दै आएका विश्वराम श्रेष्ठ।

बिज्ञापन

घरको छतबाट लडेर कम्मर मुनिको भाग स्थायी रूपमा नचल्ने अवस्थामा पुगेपछि श्रेष्ठ र उनको परिवार गहिरो पीडा र निराशामा थिए।शारीरिक पीडासँगै परिवारलाई आर्थिक बोझले थप असहज बनाइरहेको अवस्थामा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, बनेपा शाखाले ६ लाख रुपैयाँ हस्तान्तरण गरी ठूलो राहत प्रदान गरेको छ।

स्थायी पूर्ण अशक्तता बापतको बीमा भुक्तानी स्वरूप हस्तान्तरण गरिएको सो रकमले अब श्रेष्ठ र उनको परिवारलाई पुन जीवनयात्रा अघि बढाउन टेवा पुग्ने विश्वास लिइएको छ।

भुक्तानी हस्तान्तरण कार्यक्रममा रिजनल म्यानेजर दिपेन्द्र लम्साल, बनेपा शाखा प्रमुख प्रजोल सैजु र एजेन्सी म्यानेजर अशोक बुद्ध लामा उपस्थित थिए। उनीहरूले ग्राहकको पीडादायी घडीमा बीमा कम्पनीको साथले जीवनमा आशा र विश्वास जगाउने कुरा उल्लेख गरे।

सिटिजन लाइफ इन्स्योरेन्सले ‘ग्राहकको सुरक्षा, कठिन समयमा सहयोग र विश्वास हाम्रो प्रतिवद्धता’ भन्ने मूल मन्त्रसहित देशभर सेवा विस्तार गर्दै आएको छ।