
धुलिखेल । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले धुलिखेल नगर कार्यपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।

बाढी तथा विपद्का कारण प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सरकारी तथा विभिन्न निकायबाट सहयोग जुटिरहेका बेला धुलिखेल नगरपालिकाले पनि आफ्नो तर्फबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।
बिज्ञापन

नगर कार्यपालिकाको निर्णयअनुसार १० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जनाइएको छ। विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षासहित नगरपालिकाले उक्त निर्णय गरेको हो।


नगरपालिकाले विपद्को समयमा सबै पक्षलाई सहयोग र सहकार्यका लागि समेत आग्रह गरेको छ।

