काभ्रे – जिल्लामा रहेका नदीजन्य तथा खानीजन्य उद्योगहरु प्रायले मापदण्डहरु पुरा नगरेको पाइयको छ । जिल्लास्तरीय अनगुमन गर्न बनेको टोलिले तयार गरेको प्रतिवेदन अनुसार जिल्लामा संचालन भएको प्राय सबैले सरकारी मापदण्ड अनुसार संचालन नगरेको पाइएको छ ।

प्राय उद्योगहरुले सिमाना छुट्याउनको लागि तारबार नलगाएको, वृक्षारोपण नगरेको, क्रसर उद्योगको सम्पुर्ण विवरण राखि होर्डिङ र्बोड नराखेको, निजि जग्गा भनेर व्यवस्थापन नगरेको, कार्यलयमा आफ्ना कागजपत्र हरु नराखेको,उद्योगमा कार्यरत कर्मचारिहरुको तथा मेसिनको विमा नगरेको पाइएको छ । कतिपय उद्योगले खानीको इजाजत नलिएको हुँदा क्रसर संचालनको इजाजत दिनुपुर्व वा संगसंगै खानीको पनि इजाजत लिने व्यवस्था हुनुपर्ने सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला समन्वय अधिकारी शान्तिराज प्रसाईको अध्यक्षतामा नौ सदस्यीय काययदल गठन गरि अनुगमन गरिएको थियो । जिल्लाका १३ वटै पालिकामा रहेका ४८ वटा नदिजन्य तथा खानीजन्य उद्योगहरुमध्ये ४२ वटामा गरिएको अनुगमनमा मापदण्ड बिनै नदी तथा खानीजन्य उद्योगहरु सञ्चालनमा रहेको पाइएको हो ।

उक्त कार्यक्रम बोल्दै जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले आन्तरिक श्रोतको नाममा जथाभवी उद्योग सञ्चालन गरेर सामान्य मापदण्ड पनि पुरा नगर्ने उद्योगहरुलाई कारवाहि गरिने बताउनु भयो । मापदण्ड बिपरितका उद्योग लाई कस्ता खाले कारवाहि गर्ने भन्ने विषयमा छलफल गरि अघि बढ्ने प्रमुख गौतमले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..