ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कार्तिक २४ गते शुक्रबार खेलकुद सप्ताहको पुरस्कार वितरण तथा तिहार शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा आयोजना गरेको थियो ।

कार्यक्रम दुई चरणहरुमा गरिएको थियो । विहानी तथा दिवा सत्रको कार्यक्रममा व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक प्रताप वैद्यले शुभकामना मन्तब्य राखेका थिए । निर्देशक वैद्यले नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाका साथ साथै अतिरिक्त क्रियाकलाप विद्यार्थी जीवनबाटनै सुरु गर्नुपर्ने र यसले भविष्यमा जुनसुकै परिस्थितिको सामना गर्न सकिने बताउदै पुरस्कार वितरण कार्यक्रम औपचारिक रुपमा शुभारम्भ गरेका थिए । साथै वैद्यले चाडपर्वमा आफ्नो परिवारका सदस्यहरुलाई सर–सहयोग गर्ने, स्वस्थ्यकर खानेकुराहरु खाने र तनावरहित वातावरणमा आफ्नो परिवारहरुसंग बसेर सभ्य भई चाडपर्व मनाउने विचार व्यक्त गर्दै शुभकामना प्रदान गरेका थिए ।

सोही कार्यक्रमहरुमा सहायक कलेज प्रमुख नवराज चौलागाई र सहायक प्रधानाध्यापक रत्नराज खतिवडाले खेलाडी विद्यार्थीहरुलाई टीका, मेडल तथा प्रमाण–प्रत्र वितरण गरेका थिए ।

दोस्रो चरणको कार्यक्रममा आफ्नो संस्कृति झल्कने विभिन्न सांस्कृतिक देउसी भैलो, नृत्य, गायन प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..