चाँगुनारायण नगरपालिकामा अवस्थित साईनिङ स्कूलमा ३० औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमकासाथ सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा साँसद माननिय प्रेम सुवालको प्रमुख आतिथ्यतामा समपन्न साईनिङ इङ्गलिस सेकेण्डरीको ३० औं वार्षिकोत्सव, शिक्षक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि प्रेम सुवालले सांसदले देश भरिको समस्या उजागर हुने कानून तथा नीति निर्माणमा लागि पर्नुपर्ने र मन्त्रीको भागवण्डा नलागी पदीय दायित्व जिम्मेवारीपूर्वक बहन गर्नुपर्ने बताए । सांसद सुवालले देश र जनताको हितको पक्ष अहोरात संवेदनशीलताका साथ सांसदहरु क्रियाशिल हुनुपर्ने बताउँदै धारणा राखे । सुवालले नेता तथा मन्त्रीहरु कुर्सीको लुछाचुँडीमा लाग्दा छिमेकी राष्ट्र भारतले बेलाबखत सीमाना अतिक्रमण गरी शहरी सीमा पिलर सार्ने, खोलामा बांध बाँधी दुःख दिइरहेको भए पनि सरकारले ध्यान नदिएको बताए । उनले सरकारमा जाने राजनैतिक दलका नेता तथा कार्यकताहरूका अदुर्शीताका कारण विदेशीले एमसी, एसपपिी, देशघाती नागरिकता विधेक जस्ता एजेन्डा मार्फत देशलाई सिक्किमीकरण गर्न लागेको हुदाँ यस कार्य विद्ध संघर्षरत रहनुपर्ने धारणा राखे ।
सुवालले देशभरका जनतालाई काठमाण्डौ उपत्यकामा थुपार्ने होइन निश्चित जनसंख्याको आधारमा नयाँ शहरको विकास गर्नुपर्ने र सो कार्यक्रममा देशका महत्वपूर्ण ओहदाका प्रधानमन्त्री, मन्त्री, सचिवहरू लगायतहरूलाई आ आफ्नै जन्म थलोमा आवास निर्माण गराइ देशको समानुपातिक विकास ध्यान दिनुपर्ने प्रष्ट्याए । उनले स्थानीय निकायहरुले कला संस्कृतिको ऐतिहासिक सम्पदाहरूको संरक्षण र विकास‌मा ध्यान दिइ अघि ढ्नुपर्ने बतााए ।
साथै देश भरिका विद्यालयमा देशको अस्मिता, सुरक्षा, देश विकास, सम्पदा, संरक्षण, सांस्कृतिक उत्थान जस्ता पक्षमा इतिहास लगायत कलेजका स्वीकृति नदिइ राणाकालको व्यवहार चारतार्थ गरिरहेको बताए ।

गोरखा भर्ति केन्द्रमार्फत विदेशीले नेपालीहरुलाई भाँडाका सिपाहीका रुपमा अन्य देशमा लगाएर आएको कमिशनवाट सरकारका पदाधिकारीहरुले विदेशमा बैंक ब्यालेन्स गरी कालो धनलाई कर तिराइ सेतो धन बनाउने नीति अधि बढाइ रहेकोले सरकारले जनताको हित गर्ला भन्ने विश्वास खटकिएको बताउदै सुवालले विषादीयुक्त भारतीय तरकारीले जनताको स्वास्थ्य नकारात्मक असरका साथ विभिन्न रोगहरुको शिकार बनाइरहेको र भारत निर्भरतामा अन्न स्वदेशमा उत्पादन नहुँदा कुनै दिन भोक भोकै नेपाली जनता मारमा पर्ने बताए ।
कार्यक्रममा नेपाल मजदूर किसान पार्टीका जिल्ला उपाध्यक्ष न्हुछेभक्त फोजू, विद्यालय सञ्चालक समितिका अध्यक्ष विक्रम ढुकुछु, चांगुनारायण नगरपालिका ५ वडाध्यक्ष जयन्द्र खड्का, चागुनारायण नगरपालिका बडा नं ४ का वडाअध्यक्ष रोज बहादुर तामाङ, राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एसोसियसन नेपाल केन्द्रीय अध्यक्ष पाण्डव हमाल ढकुरी, नेशनल व्यावसन सहअध्यक्ष सुवास न्यौपाने, नेशनल प्याब्सन केन्द्रीय सदस्य गोविन्द बहादुर खड़का लगायतले शैक्षिक क्षेत्रमा निजी विद्यालयको भूमिका तथा साइनिङ स्कूलले प्रदान गरेको गुणस्तरीय शिक्षा बारे धारणा राखेका थिए ।
कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको साइनिगं स्कुल चाँगुनारायण नगरपालिकाको एक अब्बल र उत्कृष्ट निजी स्कुलको रुपमा अभिभावक एवं विद्यार्थीको विश्वास जित्न सफल रहेको बताउँदै शैक्षिक उन्नयनमा अमीट छाप छोड्न अग्रसर देखिएको बताए । अध्यक्ष खड्काले आगामि शैक्षिक वर्षदेखि थप आकर्षक शैक्षिक कार्यक्रमहरु संचालनमा ल्याउने र मन्टेश्वरी माध्यमबाट पूर्व प्राथमिक कक्षा संचालन गर्नेसाइनिग स्कुलमा अभिभावकहरुले आफ्ना बालबालिकाहरु भर्ना गरी लाभान्वित हुन शुभेच्छा व्यक्त गरे ।
यस्तै हात्तिवन सामाजिक सेवा केन्द्रका उपाध्यक्ष रामकुमार बस्नेत, हाँस्य कलाकार किरण के.सी, नेपाल, क्यारिएर ट्रेनिङ फाउन्डेसनका प्रतिनिधि सुनिता घिमिरे कार्की, यूजडो अध्यक्ष राम दुवाल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष विक्रम ढुकुछुले चाँगुनारायण क्षेत्रको गुणस्तरीय शिक्षाका लागि विगत ३० वर्षदेखि साइनिङस्कूलले हातेमालो गर्दै आएको बताए । अध्यक्ष ढुकुछुले विद्यार्थीको शैक्षिक गुणस्तरको लागि प्रतिबद्ध रही शिक्षा प्रदान गर्दै आएको बताउँदै विद्यार्थीहरुको शैक्षिक बेस मण्टेश्वरी पद्धतीबाट बसाल्दै विद्यार्थीको शैक्षिक जग बलियो बनाउन तल्लिन रहेको बताए । उनले विद्यालयमा प्राथमिक तहमा पूर्ण मण्टेश्वरी पद्दतीमा पढाइ संचालन गरेको बताए । साइनिङ स्कूलका विद्यार्थीहरुलाई हरेक पक्षमा सबल अनि अब्बल बनाउन आफूले भरमग्दु प्रयास गरिरहेको धारणा ढुकुछुले राखे ।
कार्यक्रममा विविध विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान सकेत गरिएको थियो ।
चाँगुनारायण नगरपालिका–५, भक्तपुरमा अवस्थित साइनिगं सेकेण्डरी स्कुलको ३० औं वार्षिकोत्सव कार्यक्रममा विद्यालयकी प्रिन्सिपल लक्ष्मी खाताखोले विद्यालयको प्रतिवदेन प्रस्तुत गरेकी थिइन् । कार्यक्रम विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सूर्य बहादुर फोजुको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly