मल वितरण गर्ने सहकारीहरुलाई तेमाल सरकारले गर्‍यो यस्तो आव्हान

|| मंगलबार, साउन १०, २०७९
मल वितरण गर्ने सहकारीहरुलाई तेमाल सरकारले गर्‍यो यस्तो आव्हान
काभ्रेको तेमाल गाउँपालिकाले अनुदानको रसायनिक मलको कारोबार गर्ने सहकारी फर्म कृषक समुहलाई वार्षिक नविकरणको लागि आव्हान गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार ढकालले एक सूचना जारी गर्दै यस्तो आव्हान गरेका हुन् ।

स्थानीय तह रसायनिक मल वितरण व्यवस्थापन समितिको मिति २०७९/०४/०९ गतेको बैठकको निर्णय अनुसार अनुदानको रसायनिक मल वितरण निर्देशिका–२०७७ वमोजिम गत आ.व. २०७८÷०७९ को लागि रसायनिक मल विक्रेता सूचिमा दर्ता भई रसायनिक मलको कारोवार गरि रहेका सहकारी÷फर्म÷कृषक समुहले आजको मिति देखि १५ दिन भित्र नविकरण गर्न सूचनामा भनिएको छ ।

नविकरणको लागि रसायनिक मल विक्रेताको सूचिमा दर्ता गरि जारि गरिएको सक्कल प्रमाण पत्र, गत आ.व. २०७८/०७९ मा बिक्रि बितरण गरिएको रसायनिक मलको सम्पूर्ण विवरण (कृषि सामाग्री कम्पनी धुलिखेल तथा साल्ट ट्रेडिङ कम्पनी बनेपा को कारोबार छुट्टाछुट्टै विवरण), सहकारीरफर्मरकृषक समुहको संन्चालक समितिको निर्णय र निवेदन पत्र, स्थायी लेखा नम्बर दर्ताको प्रतिलिपि, गत आ.व. २०७८/०७९ को लेखा परिक्षण प्रतिवेदन साथै कर चुक्ता प्रमाणपत्र को प्रतिलिपि, सम्बन्धित वडा कार्यलयलको सिफारिस पत्र, नबिकरण शुल्क रु. २०० र रसायनिक मल सिफारिस शुल्क रु. ५०० गरि जम्मा रु. ७०० तेमाल गा.पा. को कार्यालयमा तिरेको रसिद लगायतको कागजातको आवश्यकता रहेको बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
हाम्रो बारेमा

यो वेवसाइट Kavrepress.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क स्थान

सम्पर्क
काभ्रे प्रेस डट कम (KavrePress.com )
९८०३१२३१७६
९८६०८९७९८७
[email protected]
बनेपा नगरपालिका – ९ नयाँबस्ती , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. :२८००/०७८-७९
पान नं. : १०८१७८२२७

हाम्रो टिम

प्रकाशक / प्रधान सम्पादक

अरबिन्द्र गौतम

सल्लाहकार तथा संरक्षक

नवराज बजगाईं

सम्पादक:- सागर घिमिरे

संवाददाता :- दिनेश भण्डारी

संवाददाता : रामेन्द्र गौतम