बनेपा/नृत्य कर्ममा लाग्ने नृत्य निर्देशकहरुकाे छाता संगठन नृत्य निर्देशक संघ नेपालको काभ्रेपलान्चोक अध्यक्षमा अमरकृष्ण चन्द सर्वसम्मत चुनिएका छन् ।
हालै सम्पन्न नृत्य निर्देशक संघ नेपाल काभ्रेपलान्चोककाे पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनले अमरकृष्ण चन्दलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हाे । जिल्लामा रहेर नृत्य पेसामा सक्रिय नृत्य निर्देशकहरुकाे उपस्थितिमा सम्पन्न अधिवेशनबाट चन्दकाे अध्यक्षतामा गठित नृत्य निर्देशक संघकाे नयाँ कार्य समितिमा वरिष्ठ उपाध्यक्षमा नारायण हेंगजु, उपाध्यक्षमा रविनसन श्रेष्ठ, महिला उपाध्यक्षमा कविता शाक्य, सचिवमा जानू शाही, सह सचिवमा इश्वर थापा, काेषाध्यक्षमा सिसुम श्रेष्ठ, सह काेषाध्यक्षमा संगिता मानन्धर चुनिएका छन् ।
यस्तै शाखाका सदस्यहरुमा साेनिया शाक्य, सुरेश दनुवार, मनिषा भुजेल, रुजा तामाङ, काजल श्रेष्ठ तथा सल्लाहकारमा माेहन ताैजले चयन भएका छन् ।
संस्थाका शाखा अध्यक्ष माेहन ताैजलेकाे सभापतित्वमा अधिवेशन सम्पन्न भएको थियोे ।
नयाँ कार्यसमिति गठन पश्चात् निवर्तमान अध्यक्ष ताैजलेले नवनिर्वाचित अध्यक्ष चन्द लगायत नयाँ कार्यसमितिलाई बधाई अनि सफल कार्यकालको शुभकामना दिदै नयाँ कार्यसमितिले संस्थालाई उचाइमा पुराउने अपेक्षा रहेकाे बताए ।
लामो समय करिव तीन दशक अघि देखि कलाकारिता अनि नृत्य पेशामा सक्रिय भई जिल्लामा नृत्य अनि कलाकारिता क्षेत्रमा उल्लेख्य याेगदान दिदै अाएका नवनिर्वाचित अध्यक्ष चन्दले संस्थाले नृत्य निर्देशकहरुकाे पेसागत हितका लागि सबै पक्षसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । नृत्य निर्देशकहरुकाे भविष्य सहज अनि सुनाैलाे बनाउन लागि पर्ने चन्दले बताए ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly