मधेशमा बढ्दो हत्या हिंसा र बलात्कारमा आधारित बेव सिरिज आरतीको ट्रेलर सार्वजनिक भएको छ ।

युवा निर्देशक रोसन दासको निर्देशनमा एक साथ नेपाली र मैथली भाषामा सो बेव सिरिजको ट्रेलर सार्वजनिक गरेका छन । खासमा पच्छिलो समय जनकपुरकी आरती साहको हत्या, हिंसा र बलात्कारको घटनालाई आधार बनाएर बनाइएको यो बेव सिरिजले सबैको मत जित्ने अपेक्षा गरिएको छ । मैथली भाषका लागि राकेश साह निर्माता बनेका छन ।
सुरुमा नेपाली भाषामा बनाइएको यो वेव सिरिजलाई विद्यानन्द बेदर्दीले मैथलीमा सम्वाद लेखेका थिए ।

त्यसलाई मैथली क्षेत्रका दिग्गज कलाकारहरुले आफनो आवाज दिएर सुगन्ध थपि दिएका छन । मैथली डविङ्गका लागि गायत्री साह, सन्चारकर्मी सरोज खेलाडी, गिता श्री, गजेन्द्र गजुर, सन्चारकर्मी अनन्त अनुराग, चर्चित कलाकार कृष्ण कुमार महतो, रोसन साह, रामभजन कामत, शिवम मिश्र, प्रशान्त, रवी शर्मा र रुपा यादवले दमदार भ्वाइस ओभर गरेका थिए ।
आगामी दशैं र तिहारको बिच प्रशारण प्रारम्भ गर्ने तयारी रहेको निर्देशक दासले जानकारी दिनुभयो भने ट्रेलर OSR Digital मार्फत सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..