काभ्रेपलान्चोक – काठमाडौंको शंखपार्कमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । लायन्स क्लब अफ टेम्पल गणेशको आयोजनाम ग्राण्डी अस्पताल काठमाडौंको समन्वयमा साउन २७ गते शनिबार सो कार्यक्रम हुन लागेको हो ।

कार्यक्रम बिहान ११ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने समाजसेवी तथा सञ्चारकर्मी राजान थापाले जानकारी दिए । बृहत रक्तदान कार्यक्रम काठमाडौंको शंखपार्क हुनेछ । 

विभिन्न माहामारीका कारण रगत अभाव भइरहेको अवस्थामा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको हो । खुल्ला रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गर्ने लायन्स क्लब अफ टेम्पल गणेशको अध्यक्ष अप्सरा आचार्यले सबैलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..