काभ्रेपलान्चोक – काभ्रेली सहकारीकर्मीहरुको बर्षौदेखिको सपना पुरा हुने भएको छ । आफ्नै सुविधासम्पन्न भवन बनाएर त्यहाँबाट कृषि उत्पादनदेखि सहकारीका धेरै कुराहरु गर्ने योजना बनाएको बर्षौ भएपनि सो सपना पुरा हुन सकेको थिएन ।

विगतदेखिनै चर्चा हुँदै आएपनि यो नेतृत्वले भने भवन बनाउने कामकै सुरुवात गरेको छ । जसको कारणले काभ्रेली सहकारीकर्मी हौसिएका छन् ।

बुधबार काभ्रेली सहकारीहरुको छाता संस्था जिल्ला सहकारी संघको अत्याधुनिक भवनको शिल्यान्यास भएसँगै सहकारीकर्मीहरुमा खुसीको बहार छाएको हो । यसले काभ्रे सहकारी अभियानमा अझै सशक्त रुपमा अघि बढ्ने निश्चित प्राय भएको छ ।

बुधबार बनेपा सहकारीचोकमा रहेको जग्गामा पूर्व अध्यक्ष माधवनारायण जोशी, कुलचन्द्र अधिकारी, मुकुन्दप्रसाद दाहाल शुभप्रसाद अधिकारी, सोमप्रसाद हुँमागाई, , विनोद पराजुली, वर्तमान अध्यक्ष दिलिप शर्माले संयुक्त रुपमा भवन शिल्यान्यास गर्नुभएको छ ।

जिल्ला कृषि सहकारी बजार भवन निर्माणको काम एक बर्षमा पुरा हुने लक्ष्य लिइएको छ । खानी निर्माण सेवा प्रा.लि. बानेश्वर, काठमाण्डौंले चार करोड १९ लाख ७६ हजार रुपियाँमा ठेक्का सम्झौता गरी काम सुरुवात गरेको हो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..