


काठमाडौँ । नेपाल प्रहरीले नयाँ नेतृत्व पाउन लागेको छ। रोलक्रमअनुसार एआईजी दानबहादुर कार्की नेपाल प्रहरीका ३३औँ महानिरीक्षक (आईजीपी) बन्ने निश्चित भएको स्रोतले जनाएको छ।


कात्तिक २६ गते हालका आइजीपी चन्द्रकुबेर खापुङको कार्यकाल सकिँदै छ। कात्तिकको अन्तिममा बिदामा जाने भएपछि गृहमन्त्रालयको सिफारिस र मन्त्रिपरिषद्को निर्णयपछि कार्कीलाई आईजीपी नियुक्त गर्ने तयारी भइरहेको छ।

काठमाडौँ उपत्यका प्रहरी कमाण्डको जिम्मेवारी सम्हालिरहेको कार्की इमानदार, व्यावसायिक र दूरदर्शी नेतृत्वकर्ता मानिन्छन्। जेनजी आन्दोलनपछि घटेको प्रहरी मनोबल उठाउनेदेखि जन–प्रहरी सम्बन्ध मजबुत बनाउने चुनौती उनकै काँधमा आउने छ।
कार्कीका लागि आइजिपीको बाटो खुल्यो
नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी कात्तिक २७ गते अनिवार्य अवकाशमा जाँदैछन्। वरियताका आधारमा उनको उत्तराधिकारीका प्रमुख दावेदार एआईजी दानबहादुर कार्की हुन्।
भदौ २४ मा जेन–जी आन्दोलन उत्कर्षमा पुगेको समयमा कार्की काठमाडौं उपत्यका प्रहरी प्रमुखका रूपमा खटिएका थिए। डिआइजी बढुवाको नयाँ सिफारिस सूचीले अब कार्कीका लागि आइजिपी बन्ने बाटो सहज बनाएको प्रहरी स्रोतले जनाएको छ।
कार्की कमाण्ड कन्ट्रोल, निर्णय क्षमता र संगठनप्रतिको समर्पणका कारण प्रहरी संगठनभित्र उच्च सम्मान पाएका छन्।


