काठमाडौं , भारतको चेन्नई सहरमा २०२२ डिसेम्वर महिनाको २७ र २८ तारीकमा आयोजना हुन गईरहेको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ताईक्वान्डो प्रतियोगितामा सहभागी हुन ताईक्वान्डो आईटीएफ नेपालका खेलाड़ी तथा अफिशियल गरी २० जनाको टोली प्रस्थान गरेको छ ।

ताईक्वान्डो आईटीएफ नेपालका संस्थापक अध्यक्ष तथा अन्तर्राष्ट्रिय ए क्लास रेफ्री लक्ष्मण बस्नेतले भारतको चेन्नईमा हुने उक्त प्रतियोगितामा निर्देशकको भूमिका निर्वाह गर्नु हुनेछ छ । नेपालबाट टीम म्यानेजरमा संस्थाका सदस्य श्रीप्रसाद खनाल र नानीराम बस्नेत रहेका छन् । रेफ्रीमा सस्मिनी बस्नेत हनु हुनेछ । सस्मीनी बस्नेतले यसअघि २०१९ मा दक्षिण कोरियामा अन्तर्राष्ट्रिय प्रतियोगिता र २०२२ मा नेदरलैण्डमा सम्पन्न भयको बिश्व ताइक्वान्डो प्रतियोगितामा समेत रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् ।

आईटीएफ नेपालका सचिव उद्दब कार्कीले खादा, माला लगाई खेलाडी तथा अफिसियललाई विदाई गर्नु भएको थियोे । प्रतियोगितामा सहभागी खेलाडिहरुमा आरती सिंखवाल, निकिता हुमागाई , आकृति गुरुगं, फीमेल इण्डीभीजुअल स्पारिंग र प्याटर्न तर्फ़ आ-आफ़नो उमेर, तौल र बेल्ट समूहमा प्रतिस्पर्धा गर्नेछन् भने मेल इण्डीभीजुअल स्पारिंग र प्याटर्न तर्फ़ अर्जुन गोले, कुनसांग तामाँग, कुशल खड़का जयराम बीके, बिनोद बिके, निकेश भुजेल, रीजन श्रेष्ठ, सुभम् खत्री, छेजू लाक्पा तामाँग, नतीज़ ढूँगेल, बेर बहादुर घिशिंग, अर्जुन तामाँगले आ-आफ़नो तौल उमेर र बेल्ट समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा नेपाल, भारत, बगंलादेश लगाएतका गरी करिब ४०० जना खेलाडि तथा ऑफिसियल सहभागी हुने छन् ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..