भक्तपुर – निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याव्सन) भक्तपुर जिल्ला शाखाको आठौं साधारण सभा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथि केन्द्रीय अध्यक्ष सापकोटालेसरकारले निजी विद्यालयको हत्या गर्न चाहेको बताए । हत्या गरेको बात लाग्ने डरले मात्र सरकार निजी विद्यालयलाई आत्महत्या गराउन खोजेको आरोप लगाए । सरकारले ऐन बनाएर निजी विद्यालयलाई कस्न खोजेको उल्लेख गर्दै सहकारी र गुठी मार्फत मात्र निजी विद्यालय सञ्चालन गर्न खोज्नु गलत रहेको बताउँदै सापकोटाले माध्यमिक तहसम्मको अधिकार स्थानीय तहमा गए सँगै निजी विद्यालय संघ र स्थानीय तहको चेपुवामा परेको र स्थानीय तहले विद्यालय सम्बन्धि एकल अधिकारको प्रयोग गर्दाको मार निजी विद्यालयले खेप्नु परेको आरोप लगाए ।
कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले नेशनल प्याब्सन भक्तपुरले शैक्षिक नीति बनाएको उल्लेख गर्दै सोहि अनुसार अघि बढिरहेको जानकारी दिदै अध्यक्ष खड्काले संस्थामा आबद्ध सबै सदस्य विद्यालयको जग मजबूत बनाउनका लागि पूर्व प्राथमिक तह स्तरोन्नति (मन्टेश्वरी पद्दति) जिल्लाका ३४ सदस्य विद्यालयमा २०७८ चैत्र महिना देखि सुरु गरिने जानकारी दिए । नेशनल प्याव्सन भक्तपुरको आफ्नै पक्की भवण २०७९ मा शिल्यान्यास गरी काम सुरु गरिने र जसमा सम्पूर्ण सदस्यहरुको साथ एवं सहयोगको अपेक्षा गरेको समेत खड्काले बताए ।

साधारण सभामा नेशनल प्याब्सन भक्तपुरका निवर्तमान अध्यक्ष तथा सल्लाहकार जीबी खड्काले नेशनल प्याब्सनले थुप्रै उतार चढाव झल्दै अब नेशनल प्याब्सन समृद्धितिर लागिरहेको धारणा राखे । खड्काले निजी विद्यालयप्रति सरकार सकारात्मक नभए पनि शिक्षाको विकासका लागि निजी तवरले उल्लेखनीय योगदान दिएकोले यसको सहि मुल्यांकन हुनपर्ने बताउँदै निजी विद्यालयको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए । नेशनल प्याब्सन भक्तपुरले जग्गा खरिद गरिसकेको अवस्थामा छिटोभन्दा छिटो भवन निर्माणतर्फ लाग्न जिल्ला समितिलाई उनको सुझाव थियो ।
यस्तै अर्का नेशनल प्याब्सन भक्तपुरका सल्लाहकार बिक्रम ढुकुछुले निजी विद्यालयहरूका समस्या समाधानमा राज्य नलागेकोले स्वयम् विद्यालय सञ्चालक नै लाग्नु पर्नेमा जोड दिए । ढुकुछुले निजी विद्यालयलाई राज्यले नियमन गर्न खोज्नु राज्य कै लागि घातक हुने तर्फ राज्यले सोच राख्नुपर्ने बताए ।
डोलेश्वर भिलेज रिसोर्टमा सम्पन्न नेशनल प्याव्सन भक्तपुरको साधारण सभाको अवसर पारेर टाटाले नयाँ स्कुल बस लन्च गरेको छ । नयाँ मोडल र विशेषता सहितको स्कुल बस नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा र नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले संयुक्त रूपमा लन्च गरेका थिए । विद्यालयहरूका लागि आवश्यक र विद्यार्थीमैत्री स्कुल बस नयाँ मोडलका साथ बजारमा आएको बताउँदै सिप्रदीका मार्केटिङ अफिसर विकास दाहालले स्कुल बस बिएस फोर टाटा मार्कोपोलो बजारमा ल्याएको जानकारी दिए । सो बसमा एबिएस ब्रेक, ८५ एचपी पावर र सिआर इन्जिन रहेको उल्लेख गर्दै बस खरिदमा क्यास डिस्काउन्ट र एक्सचेञ्जको पनि सुविधा रहेको समेत दाहालले बताए ।

जिल्ला अध्यक्ष संजय खड्काको सभापत्तित्वमा सम्पन्न साधारण सभा जिल्ला सचिव जयप्रकाश राईले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..