काभ्रेपलान्चोक  – बनेपा नगरपालिकाको आयोजनामा सहकारी संस्था दर्ता तथा कार्यक्षेत्र बिस्तार सम्बन्धमा एक दिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । आज बनेपा नगरपालिकामा नयाँ बचत तथा ऋण सहकारी संस्था दर्ता र कार्यक्षेत्र बिस्तार गर्ने नसकिने बताएको छ ।

उक्त कार्यक्रम बोल्दै प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले भन्नुभयो बनेपा नगरपालिकामा सहकारी नियमन र व्यवस्थापनमा निकै चुनौती थपिएको छ । नगरमा सबै प्रकारका गरेर २३० वटा सहकारी छन् । पुरानो सहकारीहरुको सबैको डाटा राखेर मात्रै सहकारी आवश्यकता अनुसार र सहकारी नियमावली अनुसार नयाँ सहकारी दर्ता गर्ने सकिन्छ उप्रेतीले बताउनु भयो । उक्त कार्यक्रममा बोल्दै बनेपा नगरपालिका प्रमुख लक्ष्मि नरहसिंह बादेले भन्नुभयो सहकारी सम्बन्धि मुल उद्देश्य प्रवाह गर्ने र सहकारी लाई व्यवस्थापन गर्ने नियमन गर्दै अगाडि बढ्न सुझाव दिनुभयो ।

नगरप्रमुख लक्ष्मि नरहसिंह वादेले भन्नुभयो समस्या नै खडा भयो , लान्छना र विरोध गर्छन्, सहकारी दर्ता र कार्यक्षेत्र विस्तारको लागि के गर्ने सकिन्छ नियमावली अनुसार उपाय निकाल्नु पर्यो र भएका सहकारी लाई नियमित अनुगमन र नियमन गर्नुपर्यो ।

उता कार्यक्रममा बनेपा नगरपालिका सहकारी व्यवस्थापन समितिका संयोजक सागरनाथ कपालिले बनेपामा बचत तथा ऋण सहकारी संस्था १४० वटा भन्दा धेरै छन् । हामीले भएका सहकारी लाई नियमन र अनुगमन गरि नगरपालिकाको दायरामा लेराउने काम गरिरहेका छौ । अहिलेको अबस्थामा नयाँ बचत तथा ऋण सहकारी संस्था दर्ता गर्ने गाह्रो हुने बताउनुभयो । कार्यक्रममा बनेपा नगरपालिका उप – प्रमुख रेखा सापकोटा दाहाल, धुर्ब नेपाल ,वडा अध्यक्ष हरु र सहकारी कर्मि हरुको उपस्थिति थियो ।
बनेपामा भएका सहकारीको संख्या यसप्रकार छ।
बचत -१४०
कृषि -३४
बहुउद्देश्यीय -२६

कार्यक्रममा पुर्व सहकारी विभागका विज्ञ सुरेन्द्र राज पौडेलले भन्नुभयो अनुगमन र नियमन गर्ने , सहकारी सम्बन्धि जानकार व्यक्ति सहकारीमा हुनु पर्ने, सहकारीको नियमावली तीन बटै सरकारमा उल्लेख छ। बनेपा नगरपालिका भित्र भएका सहकारी हरुलाई नगरपालिकाले दर्ता वा खारेजी जे पनि गर्ने सक्छ उहाँले भन्नुभयो।दोस्रो विश्व युद्ध पछि सहकारीको बिकास भएको हो।उपभोक्त भण्डार को रुपमा सहकारी विकसित भएको हो। सहकारी का किसिम (नियम ११) उत्पादक, उपभोक्ता, श्रमिक र वित्तीय ,बहुउद्देश्यीय मात्र हुन । सहकारी संस्था को दर्ता / गठन गर्नका लागि नेपालीको संविधान – प्रस्तावना, आर्थिक उद्देश्य लगायत ,सहकारी ऐन २०७४ र नियमावली २०७५ , कम्तीमा ३० जना नेपाली नागरिक भएर दर्ता गर्ने सकिन्छ ।  

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..