काभ्रे – नेपाली संगीतिक क्षेत्रमा आफनो छुटटै पहिचान बनाएका कलाकार हुन दिपक थापा माईथाने । गुल्मीमा जन्मेर पनी नेपाली कलाकारितामा अग्रसर बहुमुखी प्रतिभाका धनि दिपक थापा माईथाने सर्जक , मोडल तथा एक कुशल कलाकारको रुपमा कलाकारिता क्षेत्रमा परिचित एक कलाकार हुन । नेपाल टेलिभिजनबाट प्रशारण हुने खोजी प्रतिभाको सिजन २ का प्रतिष्पधी मगरले आफनो कलाकारिताको यात्रालाई निरन्तर १६ बर्ष देखी गरिरहेका छन । ‘ए साईली’ ”बैगुनी ””पिरतीमा पहिरो गयो ” मस्कक मस्केर , लौ माया नमार पदेशी नेपालीलाई , जुनलाई सोध साचो कुरा , मिलनका कुरा अव , म त तिम्रो मान्छे बन्न सकिन , तिम्रो मेरो बाटो , जिन्दगीको प्राप्ती तिमी , शिरमा फुल माया , लण्डनको सहर , चटट परेर , यो माया लगायतको गीतमा अभिनय तथा र्नत्य रहेको छ । र नेपाली कथानक चलचित्र “कहाँ भेटिएला” चलचित्रमा सानो भूमिकाको समेत उनमा अनुभव छ । कर्मथलो बेलायत बनाउनुभएका दिपकले प्रवासमा रहेर पनि आफ्नो गाउँ र युबा क्लबलाई सक्दो सहयोग गर्नुभएको छ । दिपकले राजधानी कलाकेन्द्रमा नृत्य, अभिनय , र मोडलिङ सम्बन्धी तालिम लिदै अगाडि बढेको बताउनुभयो ।पछिल्लो समयमा नेपाली मौलिक सस्कृतिमा रहेका गीत संगीतहरु हराउदै गएको अवस्थामा आफुले विभिन्न तरिकाबाट भाषा र सस्कृतिलाई जर्गेना गर्ने गरेको उनले बताए । उनै कलाकार दिपक थापा माईथानेसगँ नव क्षितिज साप्ताहिको लागी अरविन्द गौतमले गरेको कुराकानि

       

दिपक जी गीत संगीतको क्षेत्रमा कहिले र कसरी यात्रा शुभारम्भ गर्नु भयो ?
सानै देखि गीत सङ्गीतमा झुकाब राख्थे विद्यालय स्तरमा हुने हरेक कार्यक्रममा भाग लिन्थे । गाउँघरमा आयोजना गरिने विवाह , भोज लगायतका विभिन्न चाड पर्व विशेषमा आफनो रुचीको कलाकारिता लाई अगाडि बढाउथे । साथीहरु , परिवार र विद्यालयका शिक्षक शिक्षिकाको कारणले नै मलाई कलाकारितामा आउनको लागी हौसला दियो ।

प्रेरणाका स्रोत के हो ?
मेरो संगीतमा प्रेरणको स्रोत मेरो अभिभावक तथा शिक्षक शिक्षिकाहरुले मलाई कलाकारितामा लाग्नको लागी हौसला र प्रेरणा दिनु भयो । उहाँहरुको प्रेरणा र हौसलााको कारणले नै आज यो स्थानमा रहेको छु ।

तपाई कुन कुन सस्थामा आब्द्ध रहनुभएको छ ?

केन्द्रिय मगर संघ युकेको सह–सांस्कृतिक सचिव, केन्द्रिय मगर संघ युके युबाको महा–सचिब, मगर संघ युके वेम्बली शाखा मिफ्रुङ युबाको सचिब, चलचित्र कलाकार संघ युके शाखाको सदस्य, सयपत्री कल्चर ग्रुप युकेको आजिवन सदस्य, गुल्मी समाज युकेको सह–सांस्कृतिक सचिव, लगायतका दर्जनौ संघ संस्थामा आबद्द रहेको छु ।

कलाकारितामा कसरी प्रवेश गर्नुभयो ?
रुपन्देही जिल्ला नि.मा.बि स्तरिय नृत्य प्रतियोगितामा हिमालय नि.मा.बी. बाट प्रथम स्थान हासिल तथा सबिकको रुद्रपुर गा.बि.स. स्तरिय नृत्यमा प्रथम स्थान भएको थिए त्यसपछि गायक राजु परियार र गायिका बिमा कुमारी दुराको स्वरमा रहेको लोक दोहोरी ” पिरतीमा पहिरो गयो‘” गीतको भिडियोबाट मैले पहिलो पटक अभिनय मार्फत कलकारितामा प्रवेश गरेको हुँ ।

तपाईलाई कलाकारितमा अग्रसरमा गराउन कस्को भुमीका रहेको छ ?
मलाई जन्मदिने बु्वा आमा साथै संगीतमा कर्म दिने क्विालिटि फिल्मसका निर्देशक उमेश गुरुङ नेपालमा र प्रवासमा युकेमा कुशल श्रेष्ठ दाजु , सरु राना को साथ र म प्रति उहाँहरुले दिनुभएको साथ र सहयोगको कारणबाट नै निरन्तर रुपमा १६ बर्ष देखी नेपाली मौलिक लोक लयमा आधारित तथा सुगम संगीतमा आफनो कलालाई प्रस्तुत गरिरहेको छु । मलाई हरेक तरिकाबाट गीत संगीतका लागी उपयुक्त साथ दिने मेरा आम दर्शक तथा स्रोता मेरा प्रेरणाका स्रोत हुन ।

यहाँलाई माईथाने भनेर चिनाउने गीत कुन कुन हो ?
हेर्नुस आफ्नो सन्तान आफुलाई सबै नै प्यारो हुन्छन् तर पनि सम्झिनु पर्दा ‘ए साईली’ ”बैगुनी ””पिरतीमा पहिरो गयो ”लगायत थुप्रै गीतहरुमा मैले कर्म गरेको छु ।ती सबै गीतहरुले मलाई संगीतको सागरमा चिनाउनको लागी मद्दत गरेको छ ।

नेपाली कला सस्कृतिलाई तपाईले कसरी हेर्नूभएको छ ?
विशिष्ट पोशाक, वाद्य वाद्ययन्त्र र स्थानीय संगीतसँग सम्बन्धित भए पनि धेरैले क्रमिक रुपमा छोड्दै गएका छन । व्यवसायीकरण र बाह्य प्रभावले ल्याएको विकृतिका कारण कौडा लगायतका कारणले भेगगत कला र सस्कृतिहरु हराउदै गएको छ ।जबकि कसैले भने परिवर्तनलाई सांस्कृतिक विकासको एक प्राकृतिक अंश मान्दछन् र सस्तो लोकप्रियता बढाईरहेका छन् ।

नेपालमा पर्व विशेषमा गाइने भाकाहरुमा विकृति भित्रियो भन्छन नी ?
कतिपय नेपाली मौलिक गीत संगीतमा विकृति भित्रिएको छ । त्यसलाई हामी कलाकारहरुले स्वीकार गर्नै पर्र्दछ । समयको कारणले भनौ वा हामीले भुगोल र सस्कृति माथीको पश्चिमा प्रहार भनौ कलाकारिताको क्षेत्रमा परिर्वतन भएको छ । हामीले विकृति हुन नदिनको लागी मौलिक भाषामा आधारित गीतसंगीतका सर्जकहरलाई आवश्यक मात्रामा प्रोत्साहन तथा विकृतियुक्त गीतलाई निरुसाहित गर्नुपर्दछ ।

यस क्षेत्रमा स्थापित हुनका लागि यहाँले कतिको दुख र संघर्ष गर्नु पर्यो ?
धेरै दुख गरेकी छु यो सांगितिक यात्रामा नेपाल टेलिभिजनको खोजी प्रतिभा सिजन २ मा उत्कृष्ट नृत्य गर्दै दोस्रो भागमा पुग्दै गर्दा अचानक विदेश युके यात्रा संगै उहाँको कलाकारिताको यात्रा बिचैमा रोकिएको थियो । केही समय रोकिए पनी हाल सम्म पनी विभिन्न माध्यमबाट नेपाली मैलिक कलामा रहेको छु । ग्रामिण परिवेश बाट आएको कारणले गर्दा पनी काठमाण्डौंको बसाई सहज थिएन ।

दर्शक तथा स्रोताले यहाँका कुन–कुन गीत बढी मन पराएको पाउनु भएको छ ?
मेरो पहिलो सिर्जनाको रुपमा रहेको ‘बैगुनी ’ र आफैले अभिनय गरेको ‘बेसीमा फुल्यो माया ले ’ गीत बढी मन पराउनु भएको छ जस्तो लाग्छ ।

कलाकारिता क्षेत्रको श्रीबिध्दिको लागि राज्यले कलाकारको लागी कस्तो भुमिका निर्वाह गर्नुु पर्छ ?
हेर्नुस सर्बप्रथम त हामी आफुमा सक्षम हुन पर्छ , आफुमा एक जुट हुन पर्छ , हामिमै एकता छैन , दोस्रो कुरा राज्यले कलाकार लाई गहनाको रुपमा होइन अङ्गको रुपमा स्विकार्न सक्नु पर्छ र कलाकारको लागि केही सहज ब्यब्स्था गर्दिन पर्छ । कलाकारिताको सम्पुर्ण बिधालाइ एकै ठाउमा समेटेर सबैलाइ सेन्सर लगाएर पास गराउन पर्छ , बिकृत पक्षलाई कारबाही गर्न हिच्किचाउनु हुदैन । मैलिक कला र सस्कृतिलाई आम दर्शक तथा स्रोत माझमा र समाजमा सकारात्मक किसिमको प्रभाव पार्ने किसिमको सिर्जनालाई आम दर्शक माझमा ल्याउनु पर्दछ जस्तो लाग्छ ।

पछिल्लो समयमा गीत संगीतमा विकृति भित्रीनुको कारण के होला ?
गीत संगीतमा विकृति भित्रीनुको कारण मुख्य रुपमा हामीले मौलिक सस्कृति भल्किने किसिमको गीतहरुलाई सरक्षण एवम कला र कृतिहरुलाई जर्गेना नगुर्नु नै हो जस्तो लाग्छ ।हामीले अरुको देखासिखीको कारणबाट समाजमा विकृति भित्रिएको गीत संगीतहरु रचना गरिरहेका छौ ।

आफुले गरेको काम बाट कतिको सन्तुष्ट रहनुभएको छ ?
म पुर्ण रुपमा सन्तुष्ट रहेको छु । प्रवासमा रहेर पनी सफल काम गर्ने बातावरण सिर्जना पाएको छु , अग्रज कलाकार गायक गायिका , सहकर्मि साथीहरुको प्रेरणा होैसला र मार्गनिर्देशन पाएको छु , जुन कुरामा मेरो परिवारको सदस्यको पुर्ण साथ र सहयोग रहेको छ । जस्ले गर्दा मलाई नेपाली मौलिक कलाकारिताको लागी थप अगाडि बढ्नको लागी प्रभावकारी रुपमा हौसला मिलेको छ ।

 

सधैं हाँसी खुशी रहनु हुन्छ, यो प्रेरणा कसरी पाउनु भयो ?
म प्राकृतिक रुपले नै जोली स्वभावकी मान्छे हुँ । साथी–भाइसंग रमाइलो गर्ने, कमेडी गर्ने मेरो स्वभाव नै छ । अर्को एउटा कुरा, मलाई अरुको इर्ष्या, डाह, जलन हुँदै हुन्न । त्यसकारण पनि म जिन्दादिल, अझ भनौं दिलदार छु । हा हा‘।

हाँसी खुशी रहनका लागि के के गर्नु पर्छ, केही भनिदिनु होस् न ?
यो एउटा प्राकृतिक कुरा हो । कोही अलिकति दुःख पर्दा पनि आत्तिन्छन् र ठूलो दुःख आयो भन्ने सोच्दछन् । म त्यो वर्गमा परिन । म ठूलो दुःख आउँदा पनि हाँसेर जित्ने स्वभावको मान्छे परें । दुःखमा पनि नआत्तिने, स्वभाविमानी तथा सकारात्मक सोच राख्न सक्नु पर्छ ।

कोरोना कालमा आफूलाई कसरी सुरक्षित राखिरहनु भएको छ ?
म प्रवासमा रहेको छुु । बेला–बेलामा हात धुने, घरमै पाकेको खाना खाने र आफ्नो काममा जाँदा सधैं मास्क लगाउने गरेको छु । प्रवासमा भएपछी सामान्य काम त गर्नै पर्यो ।

आगामी योजना ?
मेरो आगामी योजना गीत संगीतमा नै रहेको छ । नेपाली मौलिक कौडा , तथा विभिन्न जातजाति विशेषका सिर्जनालाई आम दर्शक तथा स्रोता समक्षा पुगाउन मन छ । नेपाली माटो सुहाउने र नेपाली पनको अभाष दिने गीत बजारमा ल्याउने तयारीमा रहेको छु । भविष्यमा निरन्तर रुपमा यस्तै प्रकारका गीत संगीत आम नेपाली दर्शक तथा स्रोताको मन तथा मस्तिष्कमा बस्ने गीत संगीत बजारमा आउने छन ।

धन्यवाद हामिलाइ महत्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा ।
अरविन्द जी तपाई लगायत तपाई मिडियालाई लाई पनि धेरै धेरै आभार प्रकट गर्दछु , मेरो मनको तिता मिठा गन्थनको पोको फुकाउने मौका दिनु भएकोमा , यो अवसरको लागी र मलाई आफना मनभित्र गुम्सिएर रहेका तितामिठा कुराहरुलाई तपाईको लोकप्रिय पत्रिका नव क्षितिज मार्फत व्यक्त गर्नुभएकोमा आभारी छु ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..