काभ्रेपलान्चोक –  जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजनामा मण्डनदेउपुर नगरपालिकामा रहेका सहकारी संस्थाहरुका लागि एक दिने नगरस्तरीय सहकारी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाका नगर प्रमुख टोक बहादुर वाइवाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम जिल्ला सहकारी संघ लि. का शिक्षा तालिम तथा व्यवस्थापन उप समितिका संयोजक तथा संघका सञ्चालक ठाकुरनाथ अधिकारीको शभापतित्वमा भएको हो । कार्यक्रममा बिशिष्ट अतिथी नगर उप प्रमुख बिष्णुमणी नेपाल, जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्मा, संघका पूर्व सञ्चालक डिल्लिप्रसाद आचार्य, अम्बिका हामल ठकुरी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख टोक बहादुर वाइवाले जिल्ला सहकारी संघ सहकारीहरुको छाता संघ भएकोले यस नगरपालिकामा भएको यस्ता सहकारी संस्थाहरुसँग बसेर विभिन्न बिषयमा छलफल गरी समस्याहरु बुझ्ने कार्य गर्नु सहनीय भएको बिचार ब्यक्त गर्नुभयो । साथै नगरपालिकाले पनि सहकारी विकासका लागि ३ खम्बे अर्थ नीति अनुरुप कार्य गर्नुपर्दछ भन्दै स्थानीय रुपमा रहेका नगर क्षेत्र भित्र पर्ने सबै सहकारी संसथाहरुको अनुगमनको कार्य समेत सम्पन्न गरेको जानकारी गराउनु भयो । वहाँले मनमोहन अधिकारीले सहकारी क्षेत्रलाई ३ खमबे अर्थ नीति अनुरुप सञ्चालन गर्दै देशको मुहार फेर्न सकिने कुराको थालनी गरेको स्मरण गर्दै यस्ता कार्यक्रमबाट नगर खुसी भएको र आगामी दिनहरुमा नगरसँग सम्वन्धित बिषयमा यो क्षेत्रमा के के गर्न सकिन्छ सुझाव सहित पेश गर्न सहभागिहरुलाई अनुरोध समेत ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा उप प्रमुख बिष्णुमणी नेपालले सहकारीलाई विधिवत रुपमा सञ्चालन गर्नका लागि कुनै कसर बाँकी नराख्ने र यो क्षेत्रलाई राम्रो बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको औचित्य तथा उद्देश्य माथि प्रका पार्दै संघका अध्यक्ष दिलिप शर्माले सहकारी संस्था र संघ उक आपसमा सँगै छौं भन्ने आभाष दिदै संस्थालाई आवश्यक परेको बेलामा हर तरहका सहयोग समेत संघबाट गर्ने प्रतिबद्धता ब्यक्त गर्दै जिल्ला सहकारी संघले गर्दै आएका उपलब्धि, भोगेका समस्या र संघले चालेका प्रयासहरुका बारेमा जानकारी गराउने र सहकारीका सिद्धान्त, मूल्य मान्यता लगायतका बिषयमा प्रस्तुतीकरण सहित सहभागिका जिज्ञासा समेत प्रष्ट पार्नुभएको थियो । करिव ७५ जना सहभागिहरुका बीचमा भएको उक्त कार्यक्रम सञ्चालन संघका सचिव निरन्जन बिष्टले गर्नु भएको थियो । बर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र भैरहेको प्रयासहरुका बीचमा आवश्यक छलफल गर्दै सहकारी सुशासन, पारदर्शी र जवाफदेहि रुपले सञ्चालन हुन सकेमा यो पालिकास्तरमा कुनै पनि समस्याहरु नआउने जानकारी र समिक्षा सहित सहभागिहरुले सोधेका तथा जान्न चाहेका बिषयहरुमा समेत जानकारी सहित अन्र्तक्रियात्मक रुपमा कार्यक्रम समापन भएको थियो । कार्यक्रममा संघका अध्यक्ष दिलिप शर्माद्धारा नगरपालिकालाई जिल्ला सहकारी संघ लि.ले प्रकाशन गरेका काभ्रेजिल्लामा सञ्चालन गरेको सहकारीहरुको तथ्यांकीय विवरण पुस्तिका नगर प्रमुखलाई हस्तान्तरण समेत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

खाना, नाना र छाना बिहिनहरुको साथमा नव क्षितिज …. #nawa #kshitiz