
काठमाडौं,
माघ २५ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि ०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
बिज्ञापन

यस वर्षको महाशिवरात्रि पर्वको तयारीका लागि गठन गरिएको उक्त समितिमा काठमाडौं महानगरपालिका, वडा नं ८ कार्यालयलगायत सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूलाई सदस्यका रूपमा समेटिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।


कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीका अनुसार मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वको तयारीका कार्यहरू अघि बढाइएका छन् । सोही क्रममा मूल समारोह समितिअन्तर्गतको सुरक्षा उपसमितिको बैठक शुक्रबार सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।


