
काभ्रेपलान्चोक – सवारी दुर्घटनालाई घटाउन तथा सचेतना अभिवृद्धि गर्न ट्राफिक सप्ताहको आयोजना गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नमराज अधिकारीले बताए ।

एसएसपी अधिकारीका अनुसार यो अभियानमा उपत्यकाका विभिन्न चोकहरूमा ट्राफिक सचेतना कार्यक्रम गर्ने, सवारी साधानहरुमा सचेतनामूलक नारा लेखिएका स्टीकर टाँस्ने, माइकिङ्ग गर्ने, ज्रेवा कसिङ्ग नभएका ठाँउहरुमा बाटो काट्न सिकाउने, चालक र सहचालकलाई सचेत गराउने, विद्यालय, आमा समूह, टोल सुधार समितिहमा ट्राफिक नियम र दुर्घटना हुन सक्ने कारणहरुका बारेमा सचेतनामूलक कार्यक्रम गर्ने लगायतका कार्यक्रम तय गरिएका छन् ।

एसएसपी अधिकारीले ट्राफिक व्यवस्थापन र दुर्घटना नियन्त्रणमा प्रहरीको भूमिका अझ जिम्मेवार र प्रभावकारी हुनुपर्नेमा जोड दिए। उनले प्रहरी कर्मचारीहरूलाई आफ्नो काम दागरहित, पारदर्शी र नागरिकमैत्री बनाउन निर्देशन दिएका छन् । समुदायसँगको सहकार्य, जनचेतना अभिवृद्धि र ट्राफिक नियमको कडाइका साथ कार्यान्वयनबाट मात्र सडक दुर्घटना न्यूनिकरण सम्भव हुने उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ सशक्त बनाइने बताए।




