पनौती – काभ्रे जिल्लाको पनौतिमा सञ्चालन भएको अन्तर पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि खानीखोला गाउँपालिका हातमा परेको छ।

खेल संचालन कार्तिक ३ गतेदेखि ५ गतेसम्म भएको थियो । शनिबार फाइनल खेलमा महाभारत गाउँपालिका सोझो ३ सेट नै जितेर खानिखोला गाउँपालिकाले पहिलो उपाधि जितेका छन्।

सोझो सेटमा महाभारत गाउँपालिकालाई पराजित गरी खानिखोला गाउँपालिकाको टिम प्रथम भएको हो। फाइनल खेलमा महाभारत दोस्रो र बेथानचोक गाउँपालिकाको टिम तेस्रो भएको छ।

खेलमा प्रथम टिमले ट्रफी, मेडल र नगद ५५ हजार ५५५, दोस्रो टिमले ३० हजार नगद र तेस्रो हुने टिमले १० हजार नगद, प्रमाण पत्र र मेडल दिएको माओवादी केन्द्र खानिखोला गाउँपालिका सचिव राजन अधिकारीले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..