
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं. १२ मा सञ्चालित रोशी रोडा ढुङ्गा तथा क्रसर उद्योगमा पहिरो गएको छ। उक्त पहिरोमा तीन जना कामदार पुरिएका थिए।
पहिरोमा परेर पनौती नगरपालिका–६ का डोजर अपरेटर राम तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै, पनौती–१२ का ईश्वर गुरुङ घाइते भएका छन् भने सञ्जय भुजेल भागेर ज्यान बचाउन सफल भएका छन्।

घटनामा दुई वटा टिपर र दुई वटा स्काभेटर समेत पहिरोमा पुरिएको स्थानीय राजेन्द्र केसीले जानकारी दिएका छन्। घाइते ईश्वर गुरुङलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल पठाइएको छ।
बिज्ञापन

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा उद्धार कार्य गरिरहेको छ।पहिरो कसरी र किन गयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




