मण्डनदेउपुर नगरपालिकामा सामूहिक बाख्रा पालन शुरु भएको छ । नगरपालिकाको बाख्रा पकेट क्षेत्र अन्तर्गत वडा नम्बर ११ भाटपोलमा सामुहिक बाख्रा पालन शुरु भएको हो ।

जय लक्ष्मी महिला विकास कृषि समूहले सामूहिक बाख्रा पालन थालनि गरेको हो । सामुहिक बाख्रा पालनको आज एक कार्यक्रमका बीच नगरप्रमुख टोक बहादुर वाईबाले उद्घाटन गर्नुभएको छ । नगरप्रमुख वाईबाले बाख्राबाट राम्रो आयआर्जन गर्न सकिने भन्दै काम गरेर नमुना बन्न आग्रह गर्नुभयो । सामूहिक काम गर्दा आईपर्ने समस्याका बारे चनाखो हुन उहाँले सचेत गराउनुभयो ।

वडा वडामा पशु स्वास्थ्य प्राविधिक रहेको भन्दै बेला बेला फार्ममा ल्याएर बाख्राको जाँच गराउन आग्रह गर्नुभयो । बाख्रा बस्ने ठाउँ राम्रो बनाउनु पर्नेमा जोड दिनुभयो । ‘बाख्रा बस्ने ठाउँ सफा सुग्घर हुनुपर्छ । रोग लाग्न सक्छ । बेला बेला पशु स्वास्थ्य प्राविधिक ल्याएर जाँच गराउनु होला ।’ नगरपालिका वाईबाले भन्नुभयो ।

नगरप्रमुख वाईबाले सबै बाख्राको बिमा गर्न अनुरोध गर्नुभयो । ‘बाख्राको बटकुला, पिसाबको निकाश राम्रोसंग गर्नु होला । यो उदाहरणीय बनोस् । अन्य ठाउँका मानिस समेत आएर हेर्ने फार्मका रुपमा विकास गर्नुहोस् । नगरप्रमुख वाईबाको भनाई छ ।

उपप्रमुख विष्णुमणि नेपालले योजनाबद्ध काम गर्न अनुरोध गर्नुभयो । जिम्मेवारी विभाजन गरेर काम गर्नु पर्नेमा उहाँको जोड थियो । ‘राज्यको लगानी खेर जान नदिनुहोस्, बाख्रा राम्रोसंग पाल्नुभयो भने तपाई र नगरपालिका समृद्ध हुन्छ । राम्रो कामको सुरुवात गर्नु भएकोछ, यसलाई राम्रोसंग अघि बढाउनु होस् ।’ उपप्रमुख नेपालले भन्नुभयो ।

वडा अध्यक्ष दिपेन्द्र लामाले बाख्रा पालनका लागि यो स्थान उपयुक्त भएको बताउनुभयो । सामुहिक काम गर्दा सबैले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । ईमान्दारिता पूर्वक काम गर्न समूहलाई आग्रह गर्नुभयो । पर्याप्त अनुगमन र समन्वय गर्न आवश्यक रहेको वडा अध्यक्ष लामाको भनाई थियो ।

नगरपालिकाका पशुपंक्षी शाखाका प्रमुख ध्रुब प्रसाद पराजुलीले यो फार्म नगरपालिकाकै पहिलो सामूहिक बाख्रा पालना भएको बताउनुभयो । स्थानीय बाख्रा र उन्नजातको बोकाको नश्ल मार्फत आयआर्जन बढाउन सकिने उहाँले बताउनुभयो । नगरपालिकाभित्र बाख्रा स्रोत केन्द्रको रूपमा विकास समेत सामूहिक बाख्रा पालन कार्यले मद्दत पुग्ने शाखा प्रमुख पराजुलीले बताउनुभयो ।

यो सामुहिक बाख्रा पालनका लागि स्थानीय ५१ जनाले ६÷६ हजार रूपियाँ लगानी गरेका छन् । खोरमा अहिले ४० वटा बाख्रा रहेका छन् । खोर निर्माण गर्नदेखि बाख्रा किन्न समेत नगरपालिकाले यो समूहले आर्थिक सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..