फागुन २१ अघि फरार कैदी र लुटिएका हतियार नियन्त्रणमा ल्याइने: गृहमन्त्री अर्याल

# फागुन २१ अघि फरार कैदी र लुटिएका हतियार नियन्त्रणमा ल्याइने: गृहमन्त्री अर्याल
काभ्रे प्रेस
काभ्रे प्रेस || बुधबार, पुष १६, २०८२
फागुन २१ अघि फरार कैदी र लुटिएका हतियार नियन्त्रणमा ल्याइने: गृहमन्त्री अर्याल

काभ्रे । गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा हराएका तथा लुटिएका हतियार र बन्दीगृहबाट फरार भएका कैदीबन्दीलाई आगामी फागुन २१ गतेभित्रै नियन्त्रणमा ल्याइने जानकारी दिनुभएको छ ।

गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा आज विराटनगरमा सम्पन्न कोशी प्रदेशस्तरीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री अर्यालले फरार अधिकांश कैदीबन्दी सरकारको सम्पर्कमा आइसकेको र बाँकीलाई विशेष अभियानमार्फत शीघ्र नियन्त्रणमा लिइने बताउनुभयो ।

बिज्ञापन
उहाँले राजनीतिक दलहरूले लुटिएका हतियार र फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा उठाएको विषयप्रति सरकार गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै दलहरूसँगको वार्ता र संवादमा सरकार जिम्मेवार र उत्तरदायी भएर अघि बढिरहेको स्पष्ट पार्नुभयो ।

भयरहित, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न सरकारले विभिन्न कदम चालेको बताउँदै सुरक्षा गोष्ठीहरू पनि त्यसैको एक अङ्ग भएको गृहमन्त्री अर्यालको भनाइ छ ।

सरकारले निर्वाचनपूर्व, निर्वाचन अवधिभरि तथा निर्वाचनपश्चात् समेत प्रदेश सरकारको सक्रिय सहभागितामा सुरक्षा संयन्त्र परिचालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिँदै उहाँले निर्वाचन लोकतन्त्रको असल अभ्यास भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

up