काभ्रेपलान्चोक – महिलाहरुले अत्यन्तै महत्त्वपूर्ण रुपले मनाउने महान पर्व हाे तीज। याे पर्वकाे धार्मिक र सामाजिक मान्यताहरु छन् । गत वर्षझै यस वर्ष पनि काेराेना महामारीले छाेडेन तैपनि हरेक नेपाली महिलाहरुले मनाउनेनै छन् ।

हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक सहर र बजार मात्र नभएर गाउँ–गाउँमा पनि पनि रमाइलोका साथ मनाउने गरिन्छ । तर पछिल्लो समय हिन्दु धर्मका महिलाहरुले मात्र नभएर अन्यधर्म र विदेशी महिलाहरुपनि यश पर्व रमाइलोका साथ मनाउन थालिसकेको छ । खासगरी यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमान् को दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्छन् । र साेहि तिजकाे दिन आफ्नो साथिसङ्गिहरुसंग भेटेर सुखदुःखका बेदनाहरु एक अर्कामा साटेर मनहल्का गर्नेगर्छन् ।

कतिपय नेपाली महिलाहरुले परदेशमा बसेर पनि तिज मनाउँदै आउने गरेका छन् तर कतेराेना महामारी शुरु भएपछि केही सतर्कता अपनाउदै तीज मनाउन थालिएको छ। त्यस्तै काेराेनाकाे महामारीकाे शुरुवाती चरणदेखिनै सञ्चारकर्मी सविना कार्कीले भिडभाड उपस्थिति नभई तीज मनाउँदै आएकी छन्।

नेपाली परम्परा लाई पछ्याउँदै कार्कीले पनि तीजमा हरेक वर्ष निर्जल व्रत राख्ने गरेकी छन् । तीजकाे व्रतले महिलाहरुमा छुट्टै आनन्द र शक्ति प्रदान गर्नुका साथै उक्त दिन बिवाहित महिलाहरूले आफ्नाे श्रीमानलाई गरिने सत्कारले पनि पारिवारिक मेलमिलापमा ठुलाे भमिका खेल्ने सञ्चारकर्मी कार्कीको भनाइ छ । तीजको परम्परागत महत्व सम्बन्धसँग जोडिएर आएको छ ।

सम्बन्ध सुधार गर्ने, यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज । लट्टे, तिलको छोप हालिएको करेलाको अचार आदि परिकारको स्वादसँगै पुराना भाका र शैलीका गीत गाउने, पानी नपिई व्रत बस्ने, पञ्चमीको पूजापछि कर्कलो खानेजस्ता परम्परागत संस्कार हाम्रो छ । जति पहिलो पुस्तासँगको संगतबाट संस्कार सिकिन्छ त्यति अरूले गरेको देखेर प्राप्त हुँदैन ।

यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ । तर पनि यसको महत्वमा कुनै कमी देखिँदैन । हिजोआज सहरी क्षेत्रको तीज भड्किलो हुँदैछ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो हुन थालेको र यसको मौलिकता हराउन थालेको गुनासो पनि आउनेगर्छ ।

अधिकांश नेपाली महिलाहरुले आफ्नाे माैलिकता भने बचाउ जरुरी छ । नेपाली समाजमा यो तीज पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध नेपाली पर्व हो र यो नेपालका महिलाहरूले धुमधामका साग मनाउँछन् भन्न सकिन्छ । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ जुन विभिन्न रूपले यो पर्वमार्फत प्रकट हुन्छ ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..