
बनेपा–१० मा अवस्थित नाइटिङ्गेल एकेडेमीमा ज्ञान, विद्या र सिर्जनशीलताकी देवी सरस्वतीको पूजा श्रद्धा र भव्यताका साथ सम्पन्न भएको छ। “जहाँ शिक्षाको सुरुवात आशिर्वादबाट हुन्छ” भन्ने मूल भावका साथ आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा विद्यालयकी प्रधानाध्यापक उमा बस्नेतले बताइन् कि नाइटिङ्गेल एकेडेमीले शैक्षिक गुणस्तरसँगै बालबालिकाको सर्वाङ्गीण विकासलाई विशेष प्राथमिकता दिँदै आएको छ। उनका अनुसार विद्यालयमा बालबालिकाका लागि शान्त, सुरक्षित र बालमैत्री वातावरण सिर्जना गरिएको छ, जसले सिकाइलाई अझ प्रभावकारी बनाएको छ।

प्रधानाध्यापक बस्नेतका अनुसार विद्यालयमा छुट्टाछुट्टै भवन, विविध खेलकुदका लागि फराकिलो खेलमैदान, बालउद्यान, तथा विभिन्न अतिरिक्त क्रियाकलापका लागि जिल्लाकै उत्कृष्ट व्यवस्थापन गरिएको छ। यसले विद्यार्थीहरूलाई अध्ययनसँगै खेल, सिर्जनशीलता र अनुशासनमा समेत अगाडि बढ्न सहयोग पुगेको उनले उल्लेख गरिन्।


विद्यालयका अध्यक्ष रत्नकुश रञ्जितकारको नेतृत्वमा सम्पन्न कार्यक्रममा सरस्वती देवीको विधिवत पूजा–अर्चनासँगै विद्यार्थीहरूलाई अध्ययन, संस्कार र नैतिक मूल्यतर्फ प्रेरित गर्ने सन्देश प्रदान गरिएको थियो।



