काभ्रेपलान्चोक – बाल श्रम न्यूनीकरणको लागि बनेपाका नगर प्रमुख उप-प्रमुख सहितको टोलिले आज बनेपा बजारको होटलहरुमा अनुगमन गरेको छ । बनेपा नगरपालिकामा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत श्रमिक बालबालिकाको शिक्षा र उनीहरुको परिवारको आयआर्जनको लागि गरिएका कामहरु प्रभावकारी बन्दै गएको पाइएको छ । सरोकारवालाहरुको एक टोलीले आइतबार गरेको स्थलगत अनुगमनका क्रममा बालश्रम न्यूनीकरण कार्यक्रम प्रभावकारी भएको पाइएको हो ।

नगरपालिकामा सञ्चालित कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, उप-प्रमुख बिमला सापकोटा, अन्य शाखाका प्रमुखहरु, प्रहरीको टोलि र पत्रकारहरुको टोलीले अनुगमन गरेको हो । अनुगमन बाट केही होटलहरुमा बालबालिहरुको श्रमको प्रयोग गरिएको भए पनि ७ दिने सुचना दियर आइन्दा यस्तो नगर्न अनुरोध गरिएको छ । श्रमबाट मुक्त गरी विद्यालय जान लागेका बालबालिका नियमित विद्यालय जाने र अभिभावकहरुले आयआर्जनको काम गरिरहेको पाइएको हो ।   

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..