भकुण्डे/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ गते दलहरुबाट देशलाई भ्रष्टाचारकाे दलदलबाट मुक्त गर्ने अवसरकाे दिन भएको बताए ।
भकुण्डेमा अायाेजित तीज बिशेष कार्यक्रममा बाेल्दै अध्यक्ष लिङ्देनले जनताले आफूहरूमाथि गरेको विश्वासलाई धोका नदिने बताए । लिङ्देनले आसन्न निर्वाचन लक्षित गर्दै पटकपटक असफल भएका भ्रष्ट नेतालाई होइन, एकपटक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सहयोग गर्न अपिल गरे । उनले आफू सबै प्रकारका अग्नि परीक्षामा खरो ढंगले उत्रने समेत बताए ।

मंसिर ४ मा हुने चुनावबाट ‘नेपाललाई तीन दशकदेखि बन्धक बनाइआएका दलहरू’लाई मुक्त गर्नुपर्ने लिङ्देनले बताएका थिए । उनले दलहरूको सिण्डिकेट अन्त्य हुनुपर्ने उनको बताउँदै भ्रष्टाचारको अन्त्य हुनुपर्ने बेला आइसकेको पनि बताए । उनले आफूले एक रूपैयाँ भ्रष्टाचार गरेको कसैले प्रमाणित गरे उसको नोकर भएर बस्न तयार रहेको बताउँदै थपे ‘थुक्क राप्रपा, राजेन्द्र लिङ्देन यो पनि चोर रहेछ भन्ने मौका तपाईंहरूलाई दिने छैन।’

उनले जनताका विश्वासमाथि कुनै कुथराघात नहुने बताए। भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर आफू हिँडेको उनको भनाइ थियो।

निष्ठा र संस्कारको राजनीति गर्ने संकल्प आफूले लिएको उनले बताए । चुनावमा सहयोग गर्न पनि उनले जनतालाई अपिल गरेका छन् ।

नमोबुद्ध नगरपालिका भकुण्डे नौबिसे महादेव मन्दिरमा चर्चित कलाकारहरुको साथ तीज स्पेसल विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हाे ।
महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा अायाेजित तीज स्पेसल विविध साँस्कृतिक कार्यक्रममा गीत सँगितका साथै हाँस्य व्यङ्ग्य तीखो प्रहार गरिएको थियोे । तीज विशेष विविध साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु गायक यम बराल, कृष्ण कँडेल, बिक्रमजंग शाह, नवराज घोरासैनी, राजु परियार, रामकुमार नेपाली, करिष्मा ढकाल, प्रतिमा अर्याल, आशा लामा, बिशाल थिङ, श्याममाया गुरुङ्ग, मनिषा घोरासैनी, दाबा फिन्जो तामाङ, अमृत भारती, जीवन परियार लगायतका कलाकारहरुले भकुण्डे तताएका थियोे ।
यस्तै दमन रुपाखेती, रवि डँगोल (बेइमान), पूर्ण थापा लगायतको कलाकारहरुले हाँस्य खुराक पस्कदै भरपुर मनोरंजन दिएका थिए । यसैगरी करन तामाङ, रामशरण जंगम, दिनेश लामा, निमा लामा, जुना आले मगर, सुबास शर्मा, अमोन राना लगायतका कलाकारहरुले बिशेष अाकर्षक प्रस्तुति पस्केका थिए ।

कार्यक्रममा चर्चित लाेकदाेहारी गायक नवराज घाेरासैनी, कलाकार निर्देशक अमरकृष्ण चन्द, पशुपति शाह लगायतलाई सम्मान गरिएको थियो । यस्तै देश र समाजकाे सेवा गरेबापत स्व. श्रीकृष्ण श्रेष्ठलाई मरणाेपरान्त सम्मान गरिएको थियोे । स्व. श्रेष्ठको सम्मान उनको परिवारलाई प्रदान गरिएको थियोे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नमाेबुद्ध नगर समितिको अायाेजनामा उद्दार खबरको तीज विशेष साँस्कृतिक कार्यक्रम २०७९ मा दिनभर भकुण्डेबासी रमेका थिए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय नेताहरु भुवन पाठक, दिलविकास राजभण्डारी , राजेन्द्र गुरुङ लगायतले कार्यक्रममा सम्बाेधन गरेका थिए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..