ग्रेसल्याण्डको दिक्षान्त तथा शैक्षिक प्रदर्शनी सम्पन्न (फोटो फिचर सहित)

चैत २३ गते शुक्रबार
साँगा, गुणस्तरीय शिक्षामा जोड दिदै आएको साँगा बनेपामा अवस्थित ग्रेसल्याण्ड माध्यमिक विद्यालयको पूर्व प्राथमिक तहको दिक्षान्त तथा शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ ।
कक्षा युकेजीसम्म का पूर्व प्राथमिक तह उत्तीर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमकाबीच दिक्षित गरिएको हो । कार्यक्रममा विद्यार्थीहरुलाई दिक्षित गरिनुका साथै विद्यार्थीहरुले तयार पारेको शैक्षिक सामग्री प्रर्दशनी गरिएको थियो । कार्यक्रममा उपस्थित अभिभावकहरु प्रर्दशनी राखिएको शैक्षिक सामग्री देखेर दंग परेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुजेन्द्र श्रेष्ठले विद्यालयले गुणस्तरीय र प्रयोगात्मक शिक्षामा जोड दिएको बताए । प्रिन्सिपल श्रेष्ठले दिक्षित विद्यार्थीहरुलाई दिक्षित गर्दै विद्यार्थीहरुलाई पढाई सँगै उनीहरुसँगं भएको क्षमतालाई प्रयोगात्मक रुपमा र ब्यबहारिक रुपमा विद्यालयले उतार्दै आएको बताए ।

बिज्ञापन