काभ्रेपलान्चोक – सार्वजनिक सवारी साधनले यात्रुहरुलाई जथाभाबी भाडा लिने गरेको जनगुनासो आएपछि प्रहरीले सक्रियता तिब्र पारेको छ । सार्वजनिक यातायातमा चड्नु भएका यात्रुले नै प्रहरी लाई खबर गरि तोके भन्दा बढि भाडा लिएको जानकारी दिए पछि काभ्रे जिल्ला ट्राफिक प्रहरीले समातेर कार्वाही गरेको छ ।
दोलखाबाट काठमाण्डौ तर्फ आउदै गरेको बा ३ ख ५९२४ नं.को यात्रुबाहक बसले यात्रुहरुसँग बढि भाडा लिएको भन्ने सुचनाको आधारमा उक्त बसलाई कारवाही गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको अनुसार अरनिको राजमार्ग (पाँचखाल नगरपालिका वडा नं ५) खावामा रहेको अस्थाई प्रहरी चौकीले वढी भाडा असुल्ने बसलाई नियन्त्रणमा लिई कारबाही गरेको जानकारी प्राप्त भएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको बसमा यात्रा गर्ने यात्रुसंग वडि लिएको भाडा फिर्ता गरी ट्राफिक कारबाही स्वरुप रु १,०००।– (एक हजार) जरिवाना लिएर अब आइन्दा यस्तो गल्ती नदोहोर्याउन सर्तमा छाडिएको छ ।