काठमाण्डौ –एरा प्रोडक्सन प्रा.लि.को व्यानरमा कमला जोशी निर्माता र माधव राज खरेलको निर्देशन रहेको चलचित्र चिट्ठीको “टुुटेको तारा” बोलको गीत सोमबार राजधानीको फाईन टियुन स्टुडियोमा रेकर्डिङ भएको छ । डा. कृष्णहरी बरालको शब्द, संचारकर्मी एवं गायक, संगीतकार सरोज कोईरालाको संगीत, विश्व अधिकारीको एरेन्जर रहेको गीतलाई चलर्चित गायक शिव परियारले गायका छन् ।संञ्जित भण्डारी, कमेडि च्याम्पियनका सेकेण्ड रनअप खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसेका साथै शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराइर्, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पुर्ण राई, राजु कार्की, रज्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ भने चलचित्रको सम्पदान राजेश ुकारले गरेका छन् ।जिवन पराजुलीको छायाँकन रहेको चलचित्र चिट्ठीमा नरेश खरेलको मेकअप रहेको छ । काठमाण्डौ, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीय स्थलहरुमा सम्पन्न गरिएको चलचित्र चिट्ठीको पोष्ट प्रोडक्सनको काम लगभग अन्तिम चरणमा पुगेको निर्मात्री कमला जोशीले वताईन ।कमेडि जनारामा बनेको चलचित्रमा केही सस्पेन्स र थ्रिलर पनि रहेको छ र यसले गर्दा कथा लेख्ने शैलीमा पनि नौलोपना झल्किएको बताइएको छ । चाँडै नै सम्पुर्ण नेपाली दर्शहरुले नौलो कथाबस्तु समेटिएको चलचित्र हलमा हेर्न पाउने निर्देशक माधव राज खरेलले जानकारी दिएका छन् ।समिर मियाँन को सम्पादन, एनिमेशन तथा कलर संयोजन रहेको छ । चलचित्रलाई सन २०२२ भित्र नै प्रदर्शनमा ल्याउने निर्माण कम्पनीका तर्फबाट जानकारी गराईएको छ ।
तपाईको प्रतिक्रिया
५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..
सम्बन्धित समाचार
अनेरास्ववियु काभ्रेले विद्यार्थीहरूको अधिकार र हितको लागि वकालत गरिरहेको छ ; अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलन कुमार गौतम
अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलन कुमार गौतम एक बहुआयामिक व्यक्ति हुन् जसको शैक्षिक योग्यता र बृहत् राजनीतिक यात्राले स...
ट्रेड युनियन कांग्रेसको अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) का दिन बिभिन्न कार्यक्रम
काभ्रेपलाञ्चोक: नेपाल ट्रेड युनियन कांग्रेस काभ्रेपलान्चोक जिल्ला कार्यसमिति र बनेपा कार्यसमितिले आज अन्तर्राष्ट्रिय श्र...
खानिखोला गाउँपालिका वडा नम्बर ३ सौरेमा भिषण आगलागी
काभ्रे/ जिल्लाको खानिखोला गाउँपालिका वडा नम्बर ३ सौरेमा भिषण आगलागी भएको छ । आगलागीबाट १ घर १ गोठ जलेर नष्ट भएका छन । अह...
मिसन ग्रासरुट र संकल्प यात्राको प्रतिफल : इलाम र बझाङको उपनिर्वाचन
होमप्रसाद चौंलागाँईं नागरिकको जीवनस्तरलाई उकास्ने सकारात्मक परिवर्तन नै साँचो अर्थमा विकास हो । इतिहासलाई हेर्दा मानवजात...
टिकाबल्लब सापकोटा, ब्यक्ति एक सम्झना अनेक
होमप्रसाद चौंलागाँईं टिकाबल्लब सापकोटा एक बहुआयामिक ब्यक्तित्वको नाम हो । वि.सं. २०१२ साल असार ३० गते रबिओपी गाउँ विकास ...
५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ ; बिमला सापकोटा दाहाल नगर उप-प्रमुख बनेपा नगरपालिका
https://www.youtube.com/watch?v=YbiR2CHMGgI&t=2s