काभ्रेपलान्चोक – नेपाल ट्रेड युनियन महासंघ ( जिफण्ट) काभ्रेको आज वनेपामा सम्पन्न अगुवा श्रमिकहरूकाे भेलाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनकाे लागि नेकपा एमाले जिताउन १११ जना मजदुर परिचालन कमिटि निर्माण गरेकाे छ ।

केशव मणी पौड्याल प्रतिनिधि सभा २ सहित काभ्रे जिल्ला संयाेजक र बिदुर खत्रि प्रतिनिधि सभा १ सहित पनौति नगर भुगाेलकाे जिम्मेवारी ताेकिएकाे छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा २ ख का कुमार थापाकाे उपस्थिति रहेकाे थियाे। अन्य अतिथिहरूमा एमाले जिल्ला सचिवालय सदस्य हरिशरण दाहाल, रा.वा.वैङ्क कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष बद्री तिमल्सिना, मजदुर नेताहरू वल वहादुर लाे, शान्ति थापा कार्कि, वेदप्रसाद घिमिरे, कृष्ण मानन्धर, उद्दव प्याकुरेल लगायत यातायात क्षेत्रका मजदुरहरूकाे उपस्थिति रहेको थियाे ।

कार्यक्रम मजदुर नेता माेहन गजुरेलले संचालन गर्नु भएकाे थियाे ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly