काभ्रेपलान्चोक – नेपालको एक मात्र बचत तथा ऋण सहकारी संस्था चण्डेश्वरी साकोसले एसियाली स्तरको एक्सेस ब्राण्ड पाउन सफल भएको छ । पछिल्लो पटक (२०७६) मा नेपालका २६ वटा सहकारीले ब्राण्ड पाएको भएता पनि यस वर्ष त्यसलाई चण्डेश्वरी साकोसले मात्र निरन्तरता दिन सकेको छ । पछिल्लो पटक २०७६ को एक्सेस अडिटमा पनि यस संस्थाले ब्राण्ड पाएको थियो ।

यस वर्ष (२०२२÷२०२३) एशियाली स्तरको स्तरीकरण कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले मात्रै एक्सेस ब्रोञ्ज (कास्य स्तर) ब्राण्ड प्राप्त गर्न सफल भएको छ । एक्सेस ब्राण्डको घोषणा एशियाली ऋण महासङ्घको नोभेम्बर मा प्रकाशित अक्कू न्यूज लेटर मार्फत गरिएको थियो । चण्डेश्वरी बाहेक अन्य सहकारीहरुले अन्तिम परीक्षण नै गराएका थिएन ।

नेपालमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) र एशियाली ऋण महासंघ (अक्कु) को प्राविधिक सहकार्यमा एशियाली स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

एक्सेस कार्यक्रम एशियाली ऋण महासङ्घको प्राविधिक सहयोगमा एशियाली स्तरमा साकोस क्षेत्रका विकासलाई आन्तरिकीकरण गर्ने उद्देश्यसहित नेफ्स्कूनले वि.सं. २०६५ सालदेखि सञ्चालनमा ल्याएको कार्यक्रम हो । एक्सेस ब्राण्डिङ कार्यक्रमले संस्थामा ४ आयामहरु अन्तर्गत वित्तीय पक्ष, सदस्यता पक्ष, आन्तरिक कार्यसञ्चालन प्रक्रियाको पक्ष र सिकाई तथा बृद्धि पक्षको अनुगमन गर्दछ ।

साकोस व्यवसायमा रहेको जोखिम विश्लेषण गरी स्व व्यवस्थापनको माध्यमबाट संस्थालाई सुरक्षित गर्न, गुणस्तर सुनिश्चितता गर्न, दीगो संस्थागत विकास गर्न, व्यवस्थापन र व्यावसायिकता अभिबृद्धि गर्नका लागि नेफ्स्कूनले स्थलगत रुपमा सहजीकरण सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

चण्डेश्वरी साकोसलाई नेफ्स्कूनले यसै वर्ष बागमति प्रदेशको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थको रुपमा पनि पुरस्कृत गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा मिति २०७९ पौष ८ गते सम्पन्न नेफ्स्कूनको ३१औँ वार्षिक साधारण सभामा सभाका प्रमुख अतिथि मूमि व्यवस्था, सहकारी तथा गरीवि निवारण मन्त्री माननीय शशी श्रेष्ठको हातबाट उक्त दुवै विधाको पुरस्कार संस्थाका अध्यक्ष नविन भक्त बादे श्रेष्ठ सहितको उपस्थित प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..