काभ्रेपलान्चोक – रोटरी क्लब अफ बागमतीद्वारा भुम्लु गाउँपालिकाका दुई स्वास्थ्य चौकी स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
आज एक कार्यक्रमको बिच भुम्लुटार स्वास्थ्य चौकी र सिम्थली स्वास्थ्य चौकीलाई रोटरी क्लब अफ बागमतीले अति आवश्यक सामाग्री हस्तान्तरण गरेको भुम्लु गाउँपालिका अध्यक्ष जितेन्द्र मान तामाङले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।
रोटरी क्लब अफ धुलिखेलका पुर्व अध्यक्ष रन्जिव श्रेष्ठको विशेष समन्वयमा भुम्लुटार स्वास्थ्य चौकी र सिम्थली स्वास्थ्य चौकी लाई भिडियो एक्सरे लगायतको सामाग्री प्रदान गरिएको छ ।
५ वटा डिजिटल प्रेसर नाप्ने मेसिन, १ वटा ट्रली, ६ वटा स्टेचर , ५ वटा अक्सिमिटर, १ वटा इलिक्ट्रिक थर्मो मिटर, १ माइक्रो पिपेट, १ ट्युव होल्डर हस्तान्तरण गरिएको बताइएको छ । उक्त हस्तान्तरण कार्यक्रममा भुम्लु २ का वडा अध्यक्ष सुजन भण्डारी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।