काभ्रेपलान्चोक – नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रन्जित बनेपाका युवाहरुको प्रेरणाको श्रोत बन्नु भएको छ ।
बनेपाली युवाहरुले जुनसुकै कार्यको सुरुवात गरे पनि उनीहरुले रन्जितसँग सल्लाह, सुझाव र परामर्श लिने गरेको पाइएको छ ।

बनेपाका युवा खेलाडीहरुले आज एक कार्यक्रमका बीच भेटघाट गरेर सल्लाह लिएका छन् । धुलिखेलमा हुने लागेको मेयर फुटबल प्रतियोगितामा भाग लिएका बनेपा नगरपालिका ९ बनेपा टिम बाट प्रतिनिधित्व गरेका युवाहरुले भेटघाट कार्यक्रम सम्पन्न गरेका हुन् ।

उनीहरु धुलिखेलमा सुरु भएको धुलिखेल मेयर कप फुटबल प्रतियोगिता सहभागी हुन लागेकोले भेटघाट गरेका छन् । उक्त खेल आकाश भैरब क्लबको आयोजनामा सुरु भएको छ ।

उक्त टिमको क्याप्टेन निर्माल घिसिङले भने रत्न कुश रन्जित दाजुको प्रेरणाले नै हामी अधि बढेका छौँ । उहाँले दिएको सल्लाह र सुझाव नै हाम्रो टिमका लागी प्रेरणाको श्रोत बन्न पुगेको छ । हाम्रो जितको लागि उहाँले राम्रो मार्गनिर्देशन गर्नु भएको छ । उहाँको साथ हामी कहिले छोडने छैनौ उहाँलाई जस्तोसुकै परिस्थितमा पनि हामी युवाहरु सकेको सहयोग गर्ने छौँ ।

 

बनेपा नगरपालिका वडा नं. नौ बनेपा टिमका खेलाडीहरु लाई समाजसेवि रत्न कुश रंन्जितले धुलिखेलमा चलिरहेको फुटबल प्रतियोगितामा सहभागी खेलाडीका लागि जर्सी सहयोग गर्नु भएको छ । खेलाडीहरु लाई जर्सी सहयोग गर्दै रन्जितले भन्न भयो केहि समस्य परेमा मलाई सम्झनुहोस म तपाईंहरुको लागि सकेको सहयोग गर्ने छु । स्थानीयस्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्दै आउनु भएको रन्जितले जर्सी सहयोग गरेकोमा खेलाडीहरुले धन्याबाद ज्ञापन गरेका छन् ।

मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु (श्रेष्ठ) गरेका हुन् । उद्घाटन पछिको पहिलो खेल काठमाडौ युनिभर्सिटी धुलिखेल र एफसी रिले भक्तपुर बीच भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..