काभ्रेपलान्चोक – एनएमबि बैंक लिमिटेडले प्रतिवर्ष ८ दशमलव ५ प्रतिशत फिक्स्ड ब्याजदरमा घरकर्जा दिने भएको छ । ग्राहकलाई निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने तथा २५ वर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी बैंकले सरल तथा सहज योजना ल्याएको हो ।

फिक्स्ड दरबाहेकको घरकर्जाको हकमा भने बैंकले प्रतिवर्ष ७ दशमलव ९९ प्रतिशतमै कर्जा प्रदान गर्दै आइरहेको जनाएको छ । बैंकले हाल देशभर १ सय ८१ शाखा, १ सय ३७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..