आर्शु स्मृति प्रतिस्ठानको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहिवार पन्चकन्या पार्टी प्यालेसमा प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सुस्मिता न्यौपानेको सभापतित्वमा जिल्ला समन्वय समिति काभ्रेको प्रमुख दिपक कुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै समन्वय प्रमुख दिपक गौतमले एक वर्षमा गरेको कामको प्रशंसा गर्दै जिल्ला समन्वय समितिले पनि आर्शु स्मृति प्रतिस्ठान लाई सकेको सहयोग गर्दै जाने बताउनु भयो ।उहाँले दुखको घडीमा प्रतिष्ठनले सबै आर्थिक अवस्था कमजोर भएका मानिसहरु लाई मलम पर्टी लगाउन सकेको र समाजसेवा गर्नेहरुसँग सम्पत्ति भन्दा मानवता हुनु पर्ने बताउनु भयो।
विशिष्ट अतिथिमा धुलिखेल नगरपालिका नगर उप – प्रमुख निराजन जंगमले आर्शु स्मृति प्रतिस्ठान संस्था लाई शुभकामना दिदै काभ्रे जिल्ला कै उदाहरणीय प्रतिस्ठान भएको बताउनु भयो । उहाँले आर्शु स्मृतिले काभ्रे जिल्लाको मात्रै नभई देशका सबै भेगका मानिसहरुको निशुल्क उपचार गर्न सकेको बताउनु भयो ।
खानीखोला गाउँपालिका वडा नं.७ निवासी नसा च्यापिएका आर्थिक अभावमा रहि उपचार गर्न नसक्नु भएको बासुदेव पुलामीको निशुल्क उपचार गरिएको छ । त्यस्तै पाँचखाल नगरपालिका वडा नं. ३ निवासी मुखको समस्यका कारण उपचार अभावमा रहेको केदार अधिकारीको उपचार, धुलिखेल नगरपालिका वडा नं. ९ निवासी घाउको शल्यक्रिया पश्चात् समस्य बढेकोमा थप उपचार राम बहादुर खत्री, सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं. ४ निवासी अचेत अवस्थामा उपचार प्रयास तर असफल स्व. बिना तोलागे, ओखलढुंगा जिल्ला चम्पादेवी गाउँपालिका वडा नं. ६ निवासी स्वास्थ्यमा भयानक समस्य भएकोमा उपचार सफल प्रकाश लुइँटेल, काभ्रे जिल्ला भुम्लु गाउँपालिका वडा नं. ७ निवासी बेथानचोक नारायणस्थानमा भिरमा लडेर आर्थिक अभावमा अस्पतालमा छ्टपटी रहनु भएको गोकुल खडकाको निशुल्क उपचार गरिएको प्रतिबेदनमा उल्लेख छ ।
संस्थाले बिरामीहरु बचाउनको लागि ठाउँ ठाउँमा नगद सहयोग, बालबालिकाहरु लाई कम्प्युटर सेट हस्तान्तरण, रक्तदान कार्यक्रम, देउसी भैलो कार्यक्रम, खाद्यान्न सामाग्री हस्तान्तरण, शैक्षिक सामाग्री हस्तान्तरण लगायत काम एक वर्ष भित्र गरिसकेको संस्थाको अध्यक्ष रुपेश काफ्लेले बताउनु भयो ।
त्यस्तै अतिथिहरुमा इलाका प्रहरी कार्यालय बनेपाको प्रमुख रेशम बोहोरा, बनेपा नगरपालिका वडा नं. ८ को वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, धुलिखेल अस्पतालबाट शंकर श्रेष्ठ, नव जीवन परोपकार संस्थाको अध्यक्ष, परिवर्तनको लागि हामी संस्था बाट भुमिका रसाइली, सिद्धार्थ मा.वि /कलेजका प्रधानाध्यापक गुन्ज प्रसाद लुइँटेल, एबिएम स्कुलको प्रधानाध्यापक राम प्रसाद तिमल्सिना , ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका प्रधानाध्यापक, मानव अधिकारकर्मी भोजराज तिमिल्सिना उपस्थिति हुनुहुन्थ्यो ।
कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन संस्थाको संरक्षक, समाजसेवी, युवा नेता राजन अधिकारीले १ वर्षमा भए गरेका कामहरु प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको संचालन आर्शु स्मृति प्रतिस्ठान संस्थाको संरक्षक रोहित दंगालले गर्नु भएको थियो ।
कार्यक्रममा निशुल्क उपचार गरिएका परिवारको सदस्यहरु, आर्शु स्मृति प्रतिस्ठान संस्थाका शुभचिन्तक, सहयोगीहरु, सिद्धार्थ मा.वि, एबिएम स्कुल, ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका विद्यार्थीहरु र पत्रकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।